ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेयर विद्यासुन्दरको कामप्रति प्रधानमन्त्री ओली नै असन्तुष्टि


bhawani desk
श्रावण १६, २०७५ बुधबार  ३ : १३ बजे

 

काठमाडौं,१६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कामप्रति असन्तुष्टि जनाएका छन् ।

महानगरको काम राम्रो गर्न नसक्दा सिंगो सरकार र पार्टीलाई पनि असर पर्ने भन्दै ओलीले शाक्यलाई देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।

स्रोतका अनुसार ओलीले शाक्यलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर एक वर्षमा काठमाडौं महानगरपालिकाले गरेको कामको विवरण मागेका थिए ।

काठमाडौंका सडकको दूरावस्था र धुँवाधूलो नियन्त्रण गर्नेतर्फ परिणामुखी काम हुन नसकेकोमा प्रधानमन्त्री असन्तुष्ट भएका हुन । शाक्यका कामप्रति असन्तुष्टि जनाउँदै सुधारका साथ अघि बढ्न निर्देशन दिएको स्रोतले जनाएको छ ।

शाक्यले भने काम गर्न खोज्दा विभिन्न ठाउँबाट अवरोध आइरहेको र नभएका कामको मात्र प्रचार हुने गरेको स्पष्टिकरण दिएका छन् । केन्द्र सरकार र प्रदेश सरकारले गर्नुपर्ने काम नभएको दोष पनि आफूले बोक्नु परेको मेयर शाक्यको गुनासो छ ।

मिडिया आफूप्रति नकारात्मक रहेको भन्दै महानगरले एक वर्षमा स्थानीय जनताको पक्षमा धेरै काम गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने काठमाडौं महानगरको नेतृत्वले राम्रो काम गर्न नसक्दा त्यसको क्षति सरकार र पार्टीले पनि भोग्नुपर्ने भन्दै शाक्यलाई विज्ञ र सल्लाहकारहरुको टिम बनाएर काम गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले काठमाडौंका मेयरसँग प्रधानमन्त्रीले राजधानीको समग्र विकास र सडक पूर्वाधारको अवस्थाबारे छलफल गरेको बताए । प्रधानमन्त्रीले यसै साता नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुुसँग पनि छलफल गरेका थिए ।

प्रधानमन्त्री निकट स्रोतले भने काठमाडौंका मेयर शाक्य खराब मान्छे होइनन् । तर, काठमाडौं महानगर हाँक्न जुन गतिशीलता हुनु पर्ने हो, त्यो चाहिँ नभएकै हो ।

स्रोतका अनुसार शाक्यलाई सघाउन र महानगरको काम जनताले महसुस गर्ने खालको बनाउन सम्बन्धित विषयका विज्ञहरुको प्रभावकारी सल्लाहकार संयन्त्र बनाउने तयारी समेत भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com