ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई तिहाईबाटै जोशीको नाम अस्वीकृत गराउने नेकपाको तयारी


एबीसी न्यूज
श्रावण १६, २०७५ बुधबार  ८ : २४ बजे

काठमाडौं १६ साउन ।  प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको बारेमा निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बुधबार बस्दै छ । सुनुवाइ भएको ६ दिन भैसक्दासमेत संसदीय समिति निर्णयमा पुग्न सकेको छैन ।

जन्ममिति, सर्टिफिकेट र यसअघिका फैसला समेत विवादास्पद देखिएपछि सत्तारुढ नेकपा जोशीको नाम अनुमोदन नगर्ने पक्षमा छ । तर यसबारे कांग्रेस भने अझै स्पष्ट भैसकेको छैन ।

जेशीको सुनुवाई बिहीबार नै सकिएको छ । तर पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै समितिका सांसदहरुले बैठक स्थगित गर्दै आएका हुन् ।

जेशीको सर्टिफिकेट र जन्ममिति समेत विवादास्पद भेटिएको छ । जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा र नेपाल राष्ट्रिय विद्यापीठबाट जोशीले ०२९ मा प्रवेशिका परीक्षा दिएको प्रमाणपत्रमा भेटिएको छ ।

विजय मेमोरियल र नेपाल राष्ट्रिय विद्यापीठ दुवैबाट प्रवेशिका दिएको र दुवैको सिम्बोल नम्बर एउटै भएको भेटिएपछि आशंका बढेको छ ।  दुईतिर कसरी एउटै सिम्बोल नम्बर भयो भन्ने प्रश्नमा जोशीले आफूले टेस्टसम्म विजय मेमोरियल र त्यसपछि नेपाल राष्ट्रिय विद्यापीठमा पढेकाले त्यस्तो भएको भन्ने जवाफ दिएको समिति स्रोतको भनाई छ ।

जोशीको जन्ममिति पनि फरक फरक भेटिएको छ । विजय मेमोरियलबाट ०२७ मा एसएलसी दिएको भन्ने सर्टिफिकेटमा जन्ममिति २४ कात्तिक ०११ भन्ने उल्लेख छ । तर, अरु डकुमेन्टमा जन्ममिति २४ असोज ०११ छ ।

जोशीले संसदीय सुनुवाई समितिमा बुझाएको शैक्षिक प्रमाणपत्र नै फर्जी रहेको भन्दै नेकपाका सांसदहरुले कुनै हालतमा प्रधानन्यायाधीशमा सिफारिस गर्न नहुने बताएका छन् । तर कांग्रेस सांसदहरु चाहिँ यसबारे अझै प्रष्ट भैसकेका छन् ।

संसदीय सुनुवाई समितिमा १५ जना सांसद छन् । १५ सदस्यीय समितिको ‘सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट अस्वीकृत नभए अनुमोदन भएको मानिने’ भन्ने संसद् नियमावलीमा व्यवस्था छ । समितिका १५ मध्ये १० जनाले अस्वीकृत नगरो संवैधानिक परिषद्ले सिफारिस गरेको नाम अनुमोदन हुनेछ ।
तर, समितिको सम्पूर्ण सदस्यको दुईतिहाइ बहुमतबाट अस्वीकृत भए प्रस्तावित नामको व्यक्ति सम्बन्धित पदमा नियुक्त हुन नसक्ने व्यवस्था छ ।

सुनुवाइ समितिमा नेकपाका नौ र फोरमका एक गरी सत्तारुढ दलको संख्या १० छ । यो सम्पूर्ण सदस्यको दुईतिहाइ मत हो । कांग्रेसका चार र राजपाबाट एकजना सुनुवाइ समितिमा सदस्य छन् । सकेसम्म सर्वसम्मत अस्वीकृत गर्ने र कांग्रेसले नमाने मात्र सत्तारुढ दलको दुईतिहाइ बहुमतबाट अस्वीकृत गर्ने नेकपाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com