
काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान सचिवहरुलाई आर्थिक अनियमितता नहुने गरी काम कारबाही गर्न निर्देशन दिनु भएको छ ।
प्रधानमन्त्री ओलीले मुलुकमा बढ्दो बेरुजुप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आउँदो आर्थिक वर्षमा बेरुजु नआउने गरी कार्य गर्न सबै मन्त्रालयका सचिवहरुलाई सचेत गराउनु भएको हो ।
मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा महालेखा परीक्षकको कार्यालयको आगामी योजनाबारे छलफल गर्न आयोजित बैठकमा उहाँले मुलुकमा आर्थिक अनियमितता हुन नदिन सरकारले आर्थिक सुशासनमा जोड दिएको उल्लेख गर्दै चालू आर्थिक वर्षदेखि बेरुजु नआउने गरी काम गर्न सबै मन्त्रालयका सचिवहरुको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको सुरुमै बेरुजु हुन नदिन सचिवहरुलाई सचेत गराउनु भएको छ। महालेखा परीक्षकको कार्यालयले पनि बेरुजु घटाउन अभियाननै संचालन गर्ने योजना अघि सारेको छ ।
महालेखा परीक्षक शर्माले वित्तीय प्रशासनलाई सुधार गर्न पनि प्रधानमन्त्री ओलीले सचिवहरुलाई निर्देशन दिनु भएको बताउनुभयो । बैठकमा मुख्य सचिव, सचिव, संवैधानिक अंगका लेखाप्रति उत्तरदायी अधिकृतहरुको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया दिनुहोस्