ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाद्वारा निर्मित जाजरकोट–डोल्पा मोटरबाटो निर्माण कार्य तीव्र


एबीसी न्यूज

डोल्पा, १५ साउन । विकट हिमाली जिल्ला डोल्पालाई सडक यातायातको पहुँचमा जोड्न जाजरकोट–डोल्पा मोटरबाटो निर्माण कार्यलाई तीव्र पारिएको छ ।

अहिले दाङ–त्रिपुराकोट सडकखण्डको निर्माण कार्यलाई तीव्रता दिइएको नेपाली सेनाले जनाएको छ । सेनाले जिम्मा लिएको उक्त सडकखण्डअन्तर्गत खदाङ–त्रिपुराकोट खण्डको बीचमा पर्ने दर्जनांै भिर छिचोलेर मोटर गुड्ने चौडा सडक बनाइएको छ ।

कूल लम्बाइ ११७ दशमलब सात किमी रहेको जाजरकोट डोल्पा सडकखण्डको जिरो पोइन्ट जाजरकोटको पासगाडलाई मानेर निर्माण कार्य थालनी गरिएको थियो ।

विसं २०७३ साउनमा रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारसम्म सडक निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएपछि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो ।

डोल्पा दुनैलाई सडक सञ्जालमा जोड्ने अन्तिम भिरको रुपमा त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने तरपरे भिरमा काम गरिरहेको सेनाले जनाएको छ ।

खदाङ–त्रिपुराकोट खण्डका चिप्ले भिर, श्रीविण्डे भिर, फोइ भिरलगायतका दर्जनांै विशाल भिरको निर्माण कार्य सम्पन्न गरेर अन्तिम भिरको रुपमा तरपरे भिर निर्माण भइरहेको छ । तरपरे भिर निर्माण हुनेबित्तिकै डोल्पा दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिने सेनाले जनाएको छ ।

“सानोतिनो प्रयासले जाजरकोटदेखि डोल्पासम्मको सडक निर्माण कार्य सम्पन्न गरेर सडक कुदाउने सपना देख्नु सम्भव थिएन्”, जाजरकोट–डोल्पा सडक निर्माण कार्यदल प्रमुख बिश्वबन्धु पहाडीले भन्नुभयो ।

“जाजरकोटदेखि डोल्पा जोड्ने सडक निर्माणको जिम्मा लिनु सेना स्वयमंको लागि चुनौतीको विषय थियो तर विभिन्न चुनौतीका बाबजुत पनि निर्माण कार्य अन्तिम चरण पु¥याएको छ अब डोल्पालीको सपना साकार भइसकेको छ”, उहाँले भन्नुभयो ।

“सडक निर्माणको क्रममा मनमई भिर, काला पहाड, तल्नु भिर कुच्ची भिर, चिप्ले भिर, एैरी बथान भिर, फोई भिरजस्ता भिरसमेत छिचोल्दै सेना अगाडि बढेको उहाँले बताउनुभयो । डोल्पासम्म सडक पु¥याउनका लागि ज्यानको बाजी लगाएर सेनाले काम गरिरहेको छ उहाँले भन्नुभयो ।

“अब डोल्पाली जनताको सडक देख्ने सपनाले साकार रुप लिँदैछ । जाजरकोट–डोल्पा सडकखण्डको अन्तिम भिरको रुपमा तरपरे भिरमात्रै बाँकी रहेको कार्यदल प्रमुख पहाडीले बताउनुभयो ।

“डोल्पालीका दुःखका दिन गए, डोल्पालीको पुस्तौँदेखिको सपना साकार पार्न सेना थाकेको छैन्”, उहाँले भन्नुभयो । “अब ५०० मिटर मात्रै सडक निर्माण गर्न बाँकी छ, दशैँभित्रै डोल्पा सदमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्छौँ”, कर्णेल पहाडीले थप्नुभयो ।

सडक निर्माणसँगै त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङ हरियापानीसम्म जीप ट्र्याक्टरलगायतका यातायात सञ्चालनमा ल्याइएको छ । गत चैत २५ गते पूर्वशान्ति मन्त्री सत्य पहाडीद्वारा रुकुमको त्रिवेणी बजारदेखि–खदाङ हरियापानीसम्मको सडक उद्घाटन गर्दै यातायात सञ्चालनमा ल्याइएको हो ।

खदाङसम्म यातायात सञ्चालनमा ल्याइएपछि डोल्पाली जनताको जिल्ला बाहिरको यात्रासमेत छोटिएको छ । सदरमुकाम दुनैदेखि दुई दिनमै नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा पुगिन्छ ।

त्यतिमात्रै नभई खाद्यान आपूर्तिमा पनि सहज भएको डोल्पालीले बताएका छन् । वर्षंैदेखि आफैँ बोकेर र खच्चडको भरमा धानिएको डोल्पामा खाद्यानको मूल्य पनि घटेकाले सर्वसाधारण खुशी छन् ।

अहिले रुकुमको गोतामकोटदेखि हरियापानी बजारसम्म गाडी गुड्छन्, भने खदाङदेखि सिउरेनी बजारसम्म ट्र्याक्टर सञ्चालनमा ल्याइएको छ । सडक निर्माण सामग्री ओसारपसार गर्नका लागि आफ्नै ट्र्याक्टर सञ्चालनमा ल्याइएको सेनाले जनाएको छ ।

खदाङ–त्रिपुराकोट सडकखण्ड निर्माण कार्य तीव्र पारिएपछि दैनिक तीनसय कामदारले काम गरिरहेका छन् । अप्ठेरा भिर छिचोल्न दर्जन धेरै कम्प्रेसर मेसिनको प्रयोग भइरहेको सेनाले जनाएको छ ।

सडक निर्माणकै लागि खदाङ र धाउने गरेर दुई ठाउँमा नेपाली सेनाको निर्माणवेश टोली राखिएको छ । दैनिक चार–पाँच ठाउँमा ब्लास्टिङ गरिने र खदाङ–त्रिपुराकोट खण्ड निर्माणका लागि दुईवटा डोजर लगाएको सेनाले जनाएको छ ।

डोल्पा सदरमुकाम दुनै मोटर पु¥याउने सडक निर्माण कार्य अन्तिम चरणमा पुगेपछि डोल्पाली जनतामा खुशीेयाली छाएको छ । सुर्खेत, नेपालगञ्ज, काठमाडाँै पुग्न सल्यानको सल्लीबजार सुर्खेत छिन्चुबाटै पैदल हिँडेका मान्छे घर छोडेको तीन घण्टामै मोटर चढ्न पाउँदा खुशीले दंग परेका हुन् ।

“एक महिना हिँडेर काठमाडाँै पुगेको व्यक्ति मै हँु, त्यतिखेर घरबाट हिँडेपछि सकुशल ज्यान फर्किन्छ, कि फर्किंदैन पत्तो हँुँदैन थियो” त्रिपुरासुन्दरी नगरपालिका–१ का ८० वर्षीया वयोवृद्ध रविप्रसाद न्यौपानेले भन्नुभयो ।

“नून चामलका लागि पनि हप्तौं हिँडेर रुकुमको राडी, चौरजहारी सल्यानको सल्लीबजारसम्म पुग्नुपथ्र्यो” उहाँले विगत सम्झँदै भन्नुभयो । अहिले डोल्पा दुनैसम्म मोटरबाटो आउन पाँचसय मिटर मात्रै बाँकी छ भन्ने खबरले उहाँलाई हर्षित तुल्याएको छ । उहाँ भन्नुहुन्छ, “सबैभन्दा ठूलो विकास मोटरबाटो आउनु रहेछ, गाडी पुग्यो भने सबै कुराको सहज हुन्छ ।”

अब दशैँभित्रै मोटरपुग्ने भएपछि त्रिपुरासुन्दरी नगरपालिका–१ का तुलबहादुर बोहोरा पनि खुशीले दंग छन् । गाडी पुगेपछि आवतजावत सहजको कुरा त छँदैछ, बजार नपाएर त्यसै खेर गइरहेका स्याउ, ओखरलगायतका फलफूल र जडीबुटीले बजार पाउने उहाँमा विश्वास जागेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com