ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको अनुमति बिना पुल निर्माण कार्य अघि बढेन


एबीसी न्यूज

 

बैतडी, १५ साउन। भारत सरकारले सहमति नदिँदा महाकाली नदीमा झोलुंगे पुल निर्माण अघि बढ्न सकेको छैन ।

पञ्चेश्वरस्थित महाकालीमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको डेढ वर्ष वितिसक्दासमेत भारतले सहमति दिएको छैन पुल निर्माण नभएपछि अहिले तल्लोस्वराड क्षेत्रका बासिन्दा दैनिक सास्ती खेप्दै आएका छन् ।

भारतीय बजार आवतजावत गर्न डुंगाको जोखिमपूर्ण यात्रा गर्नु परिरहेको स्थानीयवासी वीरेन्द्र महताले बताउनुभयो । “डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने आशामा थियौँ, भारत सरकारको ढिलासुस्तीले चिन्ता बढाएकोे छ ।”

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको झोलुंगे पुल डिभिजनले भारतसँग सीमा जोडिएको महाकाली नदीमा तीनवटा पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता गरेको थियो ।

दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुंगे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । पञ्चेश्वरमा बन्ने पुलका लागि अहिलेसम्म सहमति नपाएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पूल नबन्दा यहाँका बासिन्दा निकै मारमा छन् ।”

दार्चुलाको लालीमा झोलुंगे पुल निर्माण भइसकेको छ भने तिग्रममा पुल निर्माण जारी छ । पुल निर्माणको काम शुरु हुन नसकेको निर्माणको जिम्मा पाएको खाम्पाचे शेर्पा निर्माण सेवा प्रालिले जनाएको छ ।

रु एक करोड ३३ लाख लागतमा १२४ मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । पुल निर्माणका विषयमा सम्बन्धित निर्माण कम्पनी र सरकारी कार्यालयसँग छलफल भएपनि निर्माण अघि बढ्न नकसेको प्रदेशसभा सदस्य लिलाधर भट्टले बताउनुभयो ।

“पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डुबान क्षेत्रमा पुल निर्माण हुन लागेको भन्दै भारतले सहमति नदिएको जानकारीमा आएको छ,” उहाँले भन्नुभयो ।

अहिले पुल निर्माण गर्ने भनेर तोकिएको ठाउँभन्दा ३०० मिटर तल सर्वे गरेर सहमतिका लागि भारत सरकारलाई कागजात पठाइएको उहाँ बताउनुहुन्छ ।

जिल्लाको तल्लोसोराडका बासिन्दा महाकालीमा पुल नहुँदा डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हरेक वर्ष वर्षात्मा जोखिम मोलेर महाकाली नदी तर्न बाध्य रहेका स्थानीयवासी मोहन चन्द बताउनुहुन्छ ।

शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका महाकाली किनारसँग जोडिएका बस्तीका बासिन्दा बढी प्रभावित छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com