ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिर्गौला तस्करीको जालो भत्काएरै छोड्छु – एसपी राठौर


एबीसी न्यूज

चितवन, १३ साउन । चितवनमा प्रहरीले मिर्गौला तस्करी गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का ४१ वर्षका हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका ४ का ३५ वर्षका बिक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका ५ का २८ वर्षीय प्रकाश तामाङ, मोरङको बयरबनका ३४ वर्षीय दीपक लिम्बु र रसुवाको उत्तरगया गाउँपालिका ३ का २८ वर्षीय विशाल नेपाली रहेका छन् ।

सोझासिधा सर्वसाधारणलाई प्रलोभनमा पारी भारतको विभिन्न अस्पतालमा सम्पर्क गराई मिर्गौला तस्करी गर्ने गरेको थप अनुसन्धानकामा खुल्न आएको हो । दुर्गम क्षेत्रका मानिसहरुको अशिक्षा र गरिबीको फाइदा उठाई प्रलोभनमा पारी मिर्गौला बिक्री बितरण गरेको अनुसन्धानबाट खुलेको चितवनका प्रहरी प्रमुख शुशिल सिहं राठौरले जानकारी दिए । मिर्गौला तस्करीको जालोसम्म पुगेको र उक्त तस्करको जालोलाई तोडेरै छोड्ने एसपी राठौरले बताए ।

स्वास्थ्य अपराध भएको आशंकामा प्रहरीले असार २५ गते ७ जना टोलीको मेडिकल रेस्पोन्स टिम बनाए को र सोही टिमले मिर्गौला तस्करी हुने गरेको तथ्य पत्ता लगाएर त्यसको गिरोहसमेतलाई साउन ४ गते रसुवाबाट पक्राउ गर्न सफल भएको एसपी राठौरले बताए ।
पक्राउ परेका दुर्गा परियार बाहेकका अन्यले अरु तस्करहरुको सम्पर्कबाट भारतको विभिन्न अस्पतालहरुमा गई १,१ वटा मिर्गौला बिक्री गरेको एसपी राठौरले जानकारी दिए ।

उनीहरुले मिर्गौला बिक्री गर्ने मानिस खोजी सम्पर्क गराई दिए बापत एक जनाको मिर्गौला बिक्रीबाट ५० हजारदेखि एक लाखसम्म कमिसन लिने गरेको र मिर्गौला दिने ब्यक्तिले २ साढे ३ लाख पाउने र भारतमा रहेको मुख्य दलालले भने विरामीबाट ३० देखि ३५ लाख सम्म लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी राठौरले जानकारी दिए । नेपालबाट मान्छे लगेर भारतमा विरामीको नजिकको नातेदारको नक्ली काजगपत्र खडागरि मिर्गौला बेच्ने गरेको उक्त गिरोहको जालो तोड्न सफल भएको एसपी राठौरले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com