ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर बृद्धि गरेको विरोधमा वीरगन्जमा प्रर्दशन


bhawani desk
श्रावण १३, २०७५ आईतबार  ५ : ३३ बजे

 

वीरगन्ज,१३ साउन । वीरगन्ज महानगरपालिकाले वीरगन्जमा अत्याधिक कर बृद्धि गरेको भन्दै आज विरोध प्रदर्शन गरेका छन । वीरगन्ज उधोग बाणिज्य संघ लगायत करिव ३५ वटा संघ संस्थाहरुले माहानगरपालिकाले सयौ गुणा भन्दा बढी कर साउन १ गते देखी बृद्धि गरेको विरोधमा वीरगन्जमा प्रर्दशन गरेका हुन ।

वीरगन्ज उधोग बाणिज्य संघको नेतृत्वमा वीरगन्जको घण्टाघरबाट निकालिएको जुलुश माईस्थान, आर्दशनगर हुदै नगरपरिक्रमा गर्दै वीरगन्ज महानगरपालिकाको कार्यालय पुगेका थिए ।

पर्सा कवाडी ब्यवसायी संघ, पर्सा सुनचादी ब्यवसायी संघ, बिभिन्न खुद्रा ब्यवसायी संघ लगायतका संघहरु समेत विरोध प्रदर्शनमा सहभागिता रहेको थियो ।

माहनगरपालिकाले करिव १ हजार प्रतिशत भन्दा बढी कर कवाडी कर, यातायात कर, ट्रन्सपोर्ट कर, सम्पती कर, नया सवारी कर, औधोगिक उत्पादन कर घरजग्गा कर, भारतिय गाडीमा लगाएको सवारी कर लगायतकाहरुमा बृद्धि  गरेको करको बिरोधमा आज वीरगन्जमा विरोध प्रर्दशन गरेका हुन । बिरोध प्रर्दशनमा सहभागी रहेकाहरुले हातमा प्ले कार्ड सहित नगरमा प्रर्दशन गरेका थिए ।

महानगरपालिका कार्यालय पुगेका प्रर्दशनकारीहरुले वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई वीरगन्ज उधोग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले ज्ञापनपत्र बुझाउदै ७ दिन भित्र २०७५÷२०७६ को चालु आर्थिक बर्षमा लागु हुने गरी लगाएको कर महानगरपालिकाले बृद्धी गरेको कर फिर्ता लिन आग्रह समेत गरेका थिए ।
सात दिन भित्र लागु गरिएको कर फिर्ता महानगरले नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत मेयर सरावगीलाई उधोग बाणिज्य संघले दिएको छ । वीरगन्जका मेयर सरावगीले ज्ञापनपत्र बुझदै करको विरोध गर्नु भन्दा पनी केही आफुहरुले गलत कर निर्धारण गरेको भए त्यसको समाधान छलफलबाट निकास निकाल्नु पर्ने बताए ।

करको बिरोधमा प्रर्दशन गर्दै बीरगंज महानगरपालिकाका मेयर सरावगीले ज्ञापनपत्र बुझदै उधोगी ब्यापारी र आम जनता संग कुरा गर्दै नेपालमा पहिला आन्दोलन गर्ने अनी छलफल गर्ने बानी हावी भएको भन्दै चित्त नबुझे छलफलबाट समाधान खोज्नु पर्ने बताउदै त्यो बानीलाई समाप्त्त पार्नु पर्ने बताए ।

मेयर सरावगीले कतिपय कर बृद्धि गरेको गलत होला तर कतिपय सही छ भन्दै यसलाई समझदारी र वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार गठनको एक महिना नबित्दै रवि–बालेनबीचको सम्बन्धमा देखिएको ‘क्र्याक’ !

अब सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने

सम्बन्धित

सम्पत्ति छानबिनको दायरामा ज्ञानेन्द्र शाहदेखि वालेन्द्र शाहसम्म

कांग्रेस आधिकारिकता विवाद न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा पेसी

संसदीय समितिका सभापतिको निर्वाचन : आज मनोनयन दर्ता

इरानमा नियन्त्रणमा परेका नेपाली युवा अमृत झा मुक्त: स्वदेश फर्काउने तयारी सुरु

डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com