ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव बहुमतले स्वीकृत


bhawani desk
श्रावण १३, २०७५ आईतबार  ३ : १५ बजे

काठमाडौं,१३ साउन । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि सरकारले दर्ता गराएको संसोधन प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

डाक्टर गोविन्द केसीका माग सम्बोधन हुनेगरी आएको संशोधन प्रस्तावलाई आइतबार बसेको प्रतिनिधिसभाको बैठकको बहुमतले स्वीकृत गरेको हो । चिकित्सा शिक्षा सुधारका लागि अनसन बस्नुभएका डाक्टर गोविन्द केसी र सरकारबिच भएको लिखित सहमति अनुसार सरकारले बिद्ययेकमाथि संसोधन दर्ता गराएको थियो ।

संशोधन विधेयक पारित भएमा अब काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउनेगरी ऐन बन्नेछ । बैठकमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संशोधन विधेयकबारे जानकारी गराउदै बिद्ययेक सहज रुपमा अघि बढ्ने बिश्वास व्यक्त गर्नुभयो ।

बैठकमा उक्त बिद्ययेकमाथि सैद्धान्तिक छलफल पनि भएको थियो । छलफलमा भाग लिदै सांसदहरुले सबैको भावनालाई समेटेदै उक्त बिद्ययेकलाई अघि बढाउन आग्रह गरेका थिए ।

नेपाली कांग्रेसका नेता दिलेन्द्र वडूले चिकित्सा शिक्षा विधेयकमा ढिलै भए पनि ठिक ठाउँमा आएको बताउनुभयो । त्यस्तै सांसद सरिता गिरीले सरकारले गरेको सहमतिलाई कानुन बनाएर अघि बढाउने दायित्व सदनको भएको बताउनुभयो ।

सैद्धान्तिक छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक साउन १६ गते बुधबार बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com