ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मितव्ययी नीतिलाई पूर्णरुपमा कार्यान्वयन गरिन्छ – प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीतिलाई पूर्णरुपमा कार्यान्वयन गरिने र कोही कसैलाई पनि छुट नदिइने स्पष्ट पार्नुभएको छ ।

नेपाल नगरपालिका संघको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मितव्ययी नीतिअनुसार मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा कडाई गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठूलो धनराशि खर्च हुने गरेको तर त्यसबाट उपलब्धि शून्य हुने आफ्नो निष्कर्ष रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

“गत वर्ष मन्त्रालयगतरुपमा कति कर्मचारी विदेश गएका छन्, त्यसबापत कति रकम खर्च भएको छ, त्यसको पूर्ण विवरण मैले मगाएको छु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “साउन २० गते सम्ममा यो विवरण प्राप्त हुन्छ । त्यसपछि विदेश भ्रमणको उपलब्धि र क्षतिबारे समीक्षा गरिन्छ ।”

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई पनि विदेश भ्रमण र खर्चमा कडाइ गरेको बताउनुभयो ।

दाताको खर्चमा विदेशमा जाँदा आन्तरिक खर्च नभए पनि सेवाग्राहीलाई दिनुपर्ने समयको क्षति हुने प्रधानमन्त्रीको कथन थियो । महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई स्थानीय तहको समस्या समाधानमा ध्यानाकर्षण गराएको थियो ।

प्रतिनिधिमण्डलले कर्मचारी समायोजनमा तदारुकता देखाउनुपर्ने, विषयगत कार्यालयको हस्तान्तरण गर्नुपर्ने, एकीकृत सम्पत्ति करको निरन्तरता, जनप्रतिधिको सुरक्षाको प्रत्याभूतिलगायत १६ बँुदे ध्यानाकर्षणपत्र बुझाएको संघका संयोजक अशोक व्याञ्जुले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरुसँग छलफल गरेर समस्या समाधान गर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com