ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री नरेन्द्र मोदीको अटोग्राफले बनायो सेलिब्रेटि


एबीसी न्यूज

 

एजेन्सी, ११ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सभामा अचानक एउटा टेन्ट लड्दा मोदीको भाषण सुन्न आएका धेरै जना घाइते भएका छन्।

जसमध्ये घटनामा घाइते भएकी रीता मुदीलाई प्रधानमन्त्री मोदीले अस्पतालमै पुगेर उनलाई भेटेका थिए साथै अटोग्राफ पनि दिएका थिए ।

बाँकुराको क्रिस्टियन कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत रीता कोलकाताबाट २३० किलोमिटर टाढा रानीबंध गाउँकी बासिन्दा हुन् ।

प्रधानमन्त्री मोदीको अटोग्राफ पाएका कारण रीता एकाएक आफ्नो गाउँमा सेलिब्रिटी बनिन् । रीताको चर्चा गाउँमा मात्रै होइन, अन्य राज्यमा पनि फैलियो ।

यहाँसम्म कि उनलाई विवाहको प्रस्तावसमेत आयो । उनी भन्छिन्, ‘ त्यो दिन जब मेरो सामू पीएम मोदीलाई देख्दा म अत्यन्तै खुशी भएकी थिएँ ।’ गएको जुलाई १६ मा रीता आफ्नी आमा र बहिनीसँग प्रधानमन्त्री मोदीको भाषण सुन्न मिदनापुर आएकी थिइन् ।

रीता र उनको परिवार टेन्टमूनि बसेको कारण उनीहरुमाथि टेन्ट खसेपछि रीता घाइते भइन् । तत्काल उपचारका लागि अस्पताल लगियो । सभा सकिएपछि प्रधानमन्त्री मोदी घाइतेहरुलाई भेट्न अस्पताल पुगे ।

 

रीता भन्छिन्, ‘मैले प्रधानमन्त्रीसँग अटोग्राफका लागि अनुरोध गरेकी थिएँ । उहाँ अलि हिच्किचाउनु भएको थियो । मैले पुनः आग्रह गरेँ । त्यसपछि एउटा कागजको टुक्रामा प्रधानमन्त्री मोदीले लेख्नुभयो – रीता मुदी तिमी खुशी रहनु, नरेन्द्र मोदी ।’

घटना घटेको अर्को दिन रिताको घरमा त मान्छेकै भिड लाग्यो । सबै जना प्रधानमन्त्रीको अटोग्राफ हेर्न चाहन्थे ।’ रीताकी आमा सन्ध्या भन्छिन्, ‘मान्छेहरु हाम्रो घरमा अटोग्राफ हेर्न मात्रै होइन, विवाहकै प्रस्तावसमेत लिएर आए।

एकजना त टाटानगर, झारखण्डका रहेछन् । केटाको व्यापार व्यवसाय रहेछ । उनले छोरी बाहेक केही मागेका छैनन । दोस्रो प्रस्ताव बांकुराबाटै आएको छ । केटाको खेतीकिसानी गर्ने प्रशस्त जमिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com