
काठमाडौँ, ११ साउन । साउन ३ गते स्थगित भएको संसद बैठक बल्ल आज बस्न लागेको छ । दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, बिमा ऐन पेश गर्ने तयारी छ । विधेयक पेश भएपछि सैदान्तिक छलफल हुनेछ र संसोधनका लागि ७२ घण्टाको समय दिइने छ ।
बिहिबार डा. केसीसँग भएको सहमती अनुसार संसोधन प्रस्ताव दर्ता गर्ने तयारी छ । सरकारले बिहिबार राति ९ बुँदे सहमती गर्दै डा। केसीका सबै माग पुरा गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्रतिवद्धतासँगै केसीले आमरण अनसन तोकेका छन् ।







प्रतिक्रिया दिनुहोस्