
काठमाडौं, ११ साउन । आज शुक्रवार ग्रहहरुको विशेष अनौठो योग देख्न पाइने छ । खगोल विज्ञानमा आज हुने ग्रहहरुको संयोगलाई विशेषरुपमा लिइन्छ ।
साउन ११ गते मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक भएर जाने खगोलविदहरुले बताएका छन । यसकारण यो ग्रह चम्किलो रातो रङ्गको हुनेछ ।
खगोलविज्ञानका अनुसार, मंगल, पृथ्वी र सूर्य एउटै रेखामा १८० डिग्री कोढा बनाएर आउँदा यस्तो हुने गर्दछ ।
मंगल ग्रहको यो संयोग अत्यन्त दुर्लभ र आकर्षणबाट भरिएको संयोग अत्यन्त दुर्लभर आकर्षणले भरिएको हुने छ । आज साँझ सूर्य अस्त भए लगत्तै पूर्व दिशाबाट मंगल ग्रहको उदय हुने छ । पृथ्वीबाट निकै नजिक हुने भएकोले यो स्पष्ट देख्न सकिने छ ।
आज पूर्व दिशामा देखिने चम्किलो रातो तारा नै मंगल ग्रह हुने छ । आज नै शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण लाग्ने छ । चन्द्र ग्रहण समाप्त हुन करिब २ घण्टा लाग्ने छ । यो संयोग १०९ वर्षपछि बनिरहेको छ । ग्रहण मध्यराती ११ बजेर ५५ मिनेटमा शुरु हुने छ । यसको मोक्ष काल अर्थात् अन्त्य ११ गते बिहान ३ बजेर ३९ मिनेटमा हुने छ ।
यो चन्द्रग्रहणमा सुपर ब्लड मूनको दृ्रय पनि देखिेछ । नेपालका अतिरिक्त यो चन्द्रग्रहण म्यांमार, भूटान, पाकिस्तान, अफगानिस्तान चीन, भारत, अंटाकर्टिका, ऑस्ट्रेलिया, एशिया, अफ्रीका, यूरोप, दक्षिण अमेरिका को मध्य र पूर्वी भागमा देखिने छ ।







प्रतिक्रिया दिनुहोस्