
काठमाडौं,१० साउन । प्रधानमन्त्री केपी ओलीले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको दावी गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले सरकार राष्ट्रिय हितप्रति सचेत रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले अन्तराष्ट्रिय दायित्वसहितको राष्ट्रवाद पक्षमा आफू रहेको पनि स्मरण गराउनु भयो ।
प्रधानमन्त्री ओलीले सामाजिक सदभावसहितको मुलुकको समृद्धि सबैको साझा अभियान भएको पनि बताउनु भयो । बिहिबार ललितपुरमा आयोजित नवनियुक्त राजपत्रांकित तृतिय श्रेणीका प्रशिक्षित अधिकृतहरुलाई दीक्षित गर्दै उहाँले विविधतायुक्त नेपाली समाजलाई एकतावद्ध बनाएर सरकारले मुलुकलाई समृद्ध बनाउन चाहेको धारणा पनि राख्नु भयो ।
प्रधानमन्त्री ओलीले दीक्षित अधिकृतहरुलाई जनताको सेवक हुँ भन्ने भावका साथ काम गर्न पनि आग्रह गर्नु भयो । नेल्सन मण्डेला जस्तै सम्मानित हुने गरी काम गर्न पनि दीक्षित अधिकृतहरुलाई सचेत गराउनु भयो ।
प्रधानमन्त्री ओलीले हरेक कर्मचारीहरुलाई स्वच्छ भावका साथ देश निर्माणको अभियानमा जुटन पनि आह्वान गर्नु भयो ।







प्रतिक्रिया दिनुहोस्