ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरीमा सशस्त्र प्रहरी र स्थानीवासीबीच झडप ,१७ राउण्ड गोली चल्यो


bhawani desk


सुनसरी,१० साउन । सुनसरीको हरिनगर गाउँपालिकाको घुस्कीमा सशस्त्र प्रहरी र स्थानीवासीबीच हिजो झडप हुँदा ६ जना भन्दा बढी स्थानीयवासी र प्रहरी घाइते भएका छन् ।

भारतीय सीमा क्षेत्रबाट खसी बोका ल्याउने क्रममा सशस्त्र प्रहरीको टोलीले पटुवा घारीमा लुकाई राखेको अवस्थामा खसीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको हो ।

सशस्त्र प्रहरीका हवल्दार सुबास यादव सहितको टोलीले राजश्व तिरेको बिल मागे पछि घटना झडपतर्फ मोडिएको हो । व्यापारीसँग बिल नभएपछि प्रहरीले खसी नियन्त्रणमा लिन खोजेका कारण झडप भएको हो । खसी व्यापारी ग्यास आलम र नसरुल आलमका छोरी मेहनाज खातुनलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रतिकार गरेका थिए ।

त्यहाँ कुरा नमिलेपछि खसीसहित उनीहरु भागेका र केही खसीलाई नियन्त्रणमा लिने क्रममा दोहोरो झडप भएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल घुस्कीले जनाएको छ । झडप हुन थालेपछि त्यहाँ सशस्त्र प्रहरीले थप बल पठाएको थियो ।

उनीहरुले मोरम चोकबाट प्रहरी कार्यालयमा वार्ता गर्न जाने भनेर जाँदै गर्दा करीब डेढ किलोमिटरको दूरीमा पुग्दा स्थानीयले सशस्त्र प्रहरीको हतियार र लौरो खोस्न थालेपछि सशस्त्र प्रहरीले जवाफी फायरिङ गरेको सशस्त्र प्रहरी बल घुस्कीका सइ दिलबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनको लागि १७ राउण्ड हवाई फायर गरेको छ भने ७ राउण्ड अश्रुग्यास प्रहार भएको सइ तामाङले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले गोली चलाएपछि स्थानीयवासीको समूह तितर–बितर भएको थियो । स्थानीयको आक्रमणमा २ जना सशस्त्र प्रहरी हवल्दार र सहायक हवल्दार गम्भीर घाइते भएका छन् । हवलदार सुवास यादव र सहायक हवल्दार नेत्र बस्नेत रहेका छन् ।

केहीले ढुङ्गाले र केहीले लौरो प्रहार गरी प्रहरीलाई गम्भीर घाइते बनाएका हुन् । अन्य केही सशस्त्र प्रहरीका आधा दर्जन सामान्य घाइते भएको र २ जना स्थानीय पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानीय व्यापारी इशा अन्सारीका अनुसार स्थानीय २ जना पनि सामान्य घाइते भएका छन् । घाइते मेहनाज खातुन र कैयुम जट रहेका छन् । खातुनले भारतबाट खसी लिएर आउँदै गरेको अवस्थामा ३ जना सशस्त्रको जवानले रोकेर नियन्त्रणमा लिन खोजेपछि सशस्त्र प्रहरीले महिला माथि हातपातको प्रयास गरेको भन्दै स्थानीयवासी सशस्त्र प्रहरीमाथि खनिएको व्यापारी अन्सारीले जानकारी दिनुभयो ।

तर यता स्थानियले भने बाख्रा चराउन जादा भारतवाट ल्याएको भन्दै दुव्र्यवहार गरेको आरोप लगाएका छन् । गाई वस्तु चराउन जादा समेत उता भारत तेरो ससुरालीवाट ल्याएको हो भन्दै शसस्त्र प्रहरीले स्थानियलाई दुव्र्यवहार गर्ने गरेको स्थानियको गुनासो छ । घाईतेहरुको विराटनगरमा उपचार भईरहेको छ ।

घटनाको वारेमा राति अवेर सम्म वार्ता भएको थियो । तर वार्तावाट कुनै सहमति नभएको हरीनगरा गाउपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com