
काठमाडौं ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई कसरी अगाडी बढाउने भन्ने बिषयमा सरकारले नयाँ योजना बनाइरहेको बताउनुभएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौ सभा बैठकलाई आज बालुवाटारमा उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ सो अनुसार शिक्षण संस्था खोल्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाण पत्र व्यक्तिको लागि गौरव भन्दा पनि पिडाको बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “चाहिएको छ कृषि विज्ञ प्रमाण पत्र छ अरु नै बिषयको यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अनि प्रमाण पत्र पाउँदाको उत्साह केही दिन मै पिडामा बदलिन्छ ।
सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिस गरिने प्रधानमन्त्री ओलीले बताउनुभयो । नेपाललाई लामो समय गरिब बनाएर खाना लाउन बाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पु¥याएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
तर अब त्यो अवस्था बाँकी रहेन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अब नेपालीहरु खान र लाउनबाट माथी उठेर अन्य आवश्यकताको गुणस्तरीय परिपूर्तीमा लाग्न सक्ने अवस्थामा पुगेका छन् ।







प्रतिक्रिया दिनुहोस्