
काठमाडौं, ९ साउन । अनसनरत डा .गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक सहमति भएको छ ।
केसी र सरकारबीच सहजीकरण गरिरहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, केदारभक्त माथेमा, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा, त्रिवि शिक्षण अस्पतालकी डा. दिव्यासिंह शाहसहितको टोली र प्रधानमन्त्रीबीच केसीको मागको विषयमा अनौपचारिक सहमति भएको हो ।
बुधबार उक्त टोलीसँगको छलफलका क्रममा ओलीले चिकित्सा शिक्षाको विषयमा डा. केसी र आफ्नो समान मत भए पनि उनको मागमा राजनीति भइरहेको जिकिर गरे । उनले डा. केसीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्नुका साथै र मंगलबार डा। केसी पक्ष र सरकारबीचको वार्ताबारे जानकारी लिएका थिए ।
छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले डा. गोविन्द केसीको मागका विषयमा चरणवद्ध छलफलपछि करिब सहमति नजिक पुगेको बताए ।
यद्यपि सहमतिका विषय भने सार्वजनिक गरिएको छैन । धेरै विषयमा सकारात्मक छ, पछि हट्ने अवस्था छैन । सहमति लगभग भएको छ । भत्काउने प्रयास भए पनि यो विषय टुंगोमा पुर्याउनुपर्छ भनेर प्रधानमन्त्री सकारात्मक रुपमा लाग्नुभएको नेम्वाङले बताए ।







प्रतिक्रिया दिनुहोस्