
काठमाडौं,९ साउन । कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नरबहादुर कर्माचार्य पुष्पलालको सच्चा उत्तराधिकारी भएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कर्माचार्यको पाचौं स्मृति दिवसका अवसरमा ललितपुरको बंगलामुखीमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले कर्मचार्यलाई आफ्नो अभिभावकको रुपमा सम्झिने बताएका छन।
पुष्पलालले नेपालमा सामन्तवादका विरुद्धको संघर्षमा, कम्युनिस्ट पार्टीको स्थापनामा, क्रान्तिकारी विचार अगाडि सार्ने प्रश्नमा जस्तो स्कुलिङ सुरु गर्नुभएको थियो प्रचण्डले थपे, वास्तममा कर्माचार्य पुष्पलालको सच्चा उत्तराधिकारी थिए ।
नरबहादुर कर्माचार्यजस्तो व्यक्तित्व नयाँ पुस्तामा कमैमात्र हुने प्रचण्डले बताए। कम्यिुनिष्ट आन्दोलनमा लाग्ने, केही वर्ष सक्रिय हुने र त्यसपछि कुनै रुपले विश्राम लिने प्रवृत्ति हामी धेरै देख्छौं उनले भने, तर कर्माचार्य त्यस्तो व्यक्तित्व थिए, जो जीवनको अन्तिम क्षणसम्म पनि सिद्धान्तनिष्ठ, क्रान्तिप्रतिको विश्वास, क्रान्तिकारी स्पिरिट प्रतिको लगाब थोरै पनि टुटेन ।
प्रचण्डले कर्मचार्यले जहिले पनि एकताको पक्षमा, सही विचारको पक्षमा र क्रान्तिकारी स्पिरिटुको पक्षमा आफूहरुलाई प्रेरित गरिरहेको बताए।
प्रचण्डले आफूहरु समाजवादको यात्राको तयारीमा रहेको बताए।







प्रतिक्रिया दिनुहोस्