ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पामा बजारको चामलभन्दा खाद्य संस्थानको चामल महँगो


एबीसी न्यूज

दुनै, डोल्पा, ९ साउन।  हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् ।

दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल वितरण गर्ने गरे पनि महँगो हुने भएपछि जनताले किन्न छोडेका छन् । जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मूल्य बजारको चामलभन्दा पनि महँगो भएपछि जनताले खाद्यान्नको जापानी चामल किन्न नमानेका हुन् ।

प्रतिकेजी रु ६५ मा बिक्री गर्न केन्द्रले मूल्य निर्धारण गरेपछि महँगो भन्दै जनताले किन्न नमानेको नेपाल खाद्यसंस्थान डोल्पाले शाखाले जानकारी दिएको छ । जिल्लाको दुनै शाखा, सर्मी डिपो र जुफाल डिपोमा आएको तीन हजार ५१५ क्विन्टल जापानी चामल बिक्री हुन सेकेको छैन ।

विसं ०७२\०७३ मा रु ५० प्रतिकेजीमा बिक्री भएको जापानी चामल यस वर्ष एकै पटक प्रतिकेजीमा रु १५ वृद्धि भई ६५ मा पुगेपछि महँगो भएको भन्दै जनताले किन्न नमाने पछि बिक्री नभएको नेपाल खाद्य संस्थान डोल्पा शाखाका प्रमुख हरिप्रसाद जोसिले जानकारी दिनुभयो ।

जनताले जापानी चामल किन्न नमाने पछि मूल्य समायोजनका लागि जिल्ला समन्वय समितिले आपूर्ति मन्त्रालय र नेपाल खाद्य संस्थानमा पत्राचार गरेको जिल्ला समन्वय प्रमुख शेरबहादुर बूढाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले जनताका लागि दिएको अनुदानको चामल नै बजारको भन्दा महँगो भयो, जनताले किन्न सक्दैनन् ।”

शाखा प्रमुख जोसिका अनुसार संस्थानको चामल अलि महँगो छ तर बजारको चामलको भन्दा राम्रो गुणस्तर अनुदानमा दिने चामलमा छ ।

हाल डोल्पाको शाखा र डिपोबाट सोना मनसुली प्रतिकेजी रु ६०, मध्यम रु ६०, मकवानपुरे रु ५२, मोटा रु ५१, जिरा मसिनो रु ७०, गोरखनाथ रु ६५ र उसिना रु ३५ प्रतिकेजीमा नेपाल खाद्य संस्थानले जनतालाई बिक्री गर्दै आएको छ ।

सबै जनतासँग महँगो चामल किन्नको लागि पैसा नहुने भएकाले जति सक्दो सस्तो चामल रोज्नु परेको स्थानीय धनरुपे कामीले आफ्नो वास्तविकता सुनाउनुभयो । उहाँले भन्नुभयो, “छाँक टार्नकै लागि खाद्यान्नको चामल किन्नुपर्छ, तर खाद्यान्नकै चामल महँगो भयो, किन्ने क्षमता छैन ।”

“सरकारले दिने चामल बजारको सरह नै भयो हामीजस्ता गरीबका लागि सरकारले दिने र बजारको चामलमा कुनै परक छैन, धनरुपेले भन्नुभयो – जतिनै जातका चामल दिए पनि महँगो भएपछि कागलाई बेल पाक्यो हर्ष न विस्मात् ।

चामल ढुवानी हुन सकेन 

डोल्पा जिल्लाको लागि आव ०७४/०७५ मा २४ हजार २०० क्विन्टल चामल ढुवानी हुनुपर्नेमा १६ हजार ७०९ क्विन्टल मात्र ढुवानी भएको छ । नेपालगञ्ज, दाङ, सुर्खेत र जुम्लाबाट तीन वटा ठेकेदारले डोल्पाको लागि ढुवानी गर्ने जिम्मा लिए पनि आव सकिदासमेत ढुवानी पूरा गर्न सकेका छैनन् ।

यातायातको समस्या सडक जोखिम र खच्चडबाट ढुुवानी गर्नुपर्ने बाध्यता रहेकाले ढिलाइ हुने गरेको इन्द्रदीप क्न्सट्रक्सन, सिद्धार्थ ढुवानी सेवा र ओमजयदुर्गे ढुवानी सेवाले जनाएको छ ।

हाल जिल्लामा ढुवानी भएको चामलमा एक हजार २६९ क्विन्टल चामल मात्र मौज्जाद रहेको र त्यसमध्ये लगभग एक हजार २०० क्विन्टल जापानी चामल नै रहेको नेपाल खाद्यसंस्थान शाखा कार्यालय डोल्पाले जनाएको छ ।

जापानी मात्र नभएर सरकारले अनुदानमा दिने सबै जातका चामलको मूल्य महँगो भएको कारण समायोजन हुनुपर्ने माग जनताको छ । जनताको लागि अनुदान भन्ने मात्र गरेको तर व्यापारीशैलीमा चामल जनतालाई बिक्री गरेको जनताको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com