ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी टोली र डा. केसी पक्षबीच भएको वार्ता सकारात्मक, बुधबार सहमति जुट्ने


एबीसी न्यूज
श्रावण ९, २०७५ बुधबार  ७ : १० बजे
unn.prixa.net

काठमाडौं, ९ साउन ।  चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनको लागि सरकारले पहल थालेको छ ।

मंगलबार दुई पक्षबीच भएको वार्ता सकारात्मक भएको र बुधबार फेरि वार्ता गरेर टुंगो लगाउने तयारी भैरहेको सरकारी वार्ता टोलीले जनाएको छ । सरकारको तर्फबाट नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रियाको थालनी गर्नुभएको हो । दुवै पक्ष लचिलो भएकाले बुधबार सहमति जुट्ने आशा गरिएको छ ।

मंगलबार दिउँसो केसीको वार्ता टोली र सरकारी पक्षसँग विभिन्न चरणमा छलफल गर्नुभयो । उहाँले डा. केसीका मागका विषयमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटा र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग छलफल गर्नुभएको थियो ।

त्यसपछि सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्ता सकारात्मक भएको दुवै पक्षले प्रतिक्रिया दिएका छन् ।

सरकारी टोलीका वार्ता संयोजक खगराज बराल र केसी पक्षका वार्ता टोली संयोजक डा. अभिषेकराज सिंहद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा केसीले उठाएको धेरै माग सम्बोधन भएको र केही माग टुंगिन बाँकी रहेको जनाइएको छ । वार्ता सकारात्मक रहेकाले बुधबार पुनः बैठक बसी निष्कर्ष निकाल्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

यसअघि विधेयक फिर्ता गर्नुपर्ने अडानमा रहेको डा. केसी पक्ष लचक भएको छ । केसी पक्षले विधेयकमाथिका टिप्पणी र संशोधनसम्बन्धी विषय समेटिएको लिखित प्रतिवेदन नेता नेम्वाङलाई दिएको थियो । सरकार पनि विधेयक संशोधन गर्न तयार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com