ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीद्वारा रुवाण्डालाई २०० गाई हस्तान्तरण


एबीसी न्यूज
श्रावण ९, २०७५ बुधबार  ६ : ५१ बजे

किगाली, ९ साउन ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मित्र राष्ट्रलाई गाई उपहार दिएर “गाई कूटनीति”को अभ्यास गर्नुभएको   छ ।

एउटा भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले रुवाण्डालाई मंगलबार २०० वटा गाई हस्तान्तरण गरेर यस्तो अभ्यास गर्नुभएको एएफपीले जनाएको छ ।

राजधानी किगालीबाट दक्षिणतर्फ रहेको रबेरु गाँउका गरीब बासिन्दालाई मोदीले गाई हस्तान्तरण गर्नुभएको अधिकारीहरूले बताएका छन् ।

हस्तान्तरण गरिएका गाईबाट त्यहाँका बालबालिकाले दूध उपभोग गर्न पाउने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।

रुवाण्डासँगै मोदीले युगाण्डाको पनि भ्रमण गर्नुभएको छ । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जानुभएको अधिकारीहरूले बताएका छन् ।

शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले चीन, रुस, ब्राजिल र दक्षिण अफ्रिकाका नेताहरूसँग जोहानेसबर्गमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

“रुवाण्डाको ग्रामीण क्षेत्रको अवस्थाले मलाई प्रभावित बनायो, एउटा नमूना गाँउका बासिन्दालाई गाई उपहार दिन पाएकाले मलाई यो भ्रमण स्मरणीय भएको छ,” प्रधानमन्त्री मोदीले भन्नुभयो ।

उहाँले आफूलाई अमूल्य अवसर दिएको भन्दै रुवाण्डाका राष्ट्रपति पाउल कागामेलाई धन्यवाद पनि दिनुभएको छ । मोदी र कागामेले विभिन्न सहयोग आदानप्रदान सम्झौतासमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com