
काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा. गोविन्द केसीलाई चिकित्सा आयोगको अध्यक्ष बन्न सुझाव दिनुभएको छ । आज सोमवार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अनसन छोडेर जिम्मेवारी लिन आग्रह गर्नुभएको हो ।
आफ्नो आग्रह डा. केसीले नमान्ने पनि बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो , डा. केसी समस्या समाधानका लागि नभई समस्या जटिल बनाउन लागिपरेको बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खोज्दा लिन नदिएको समेत बताउनुभयो । सत्याग्रहमाथि प्रश्न उठाउदै उनले भने, सरकारी चिकित्सकले हेर्न नपाउने, जाँच गर्न नपाउने यो कस्तो सत्याग्रह हो ?
आफू निकट चिकित्सकहरूलाई मात्र परीक्षण गर्न दिने अरूलाई बहिस्कार गर्ने त्यस्तो सत्याग्रह हुनसक्दैन प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारको जागिर खाएर सडकमा उत्रिएका चिकित्सकहरूप्रति आक्रोश पोख्दै भन्नुभयो, पढाउने कुरा भोली पढाउछु भन्न मिल्छ, तर अप्रेसन भोली गर्छु भन्न पाइन्छ ? सरकारले तिरेको राजश्वबाट तलब खाने, सरकारी आवासमा बस्ने अनि अमानवीयता प्रदर्शन गर्ने ? यस्तो ब्यवहार मानवता विरोधी रहेको बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्