
काठमाडौं, ७ साउन। बनेपाको चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु हुदा बनेपा बजार तनाव ग्रस्त भएको छ ।
काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय, बनेपाका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
ठक्कर दिने ट्रिपर चालकलार्इ इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएपनि आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी गरेको जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्