ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा. केसीले अनसन तोडे प्रधानमन्त्री ओली आफैंले सीधै वार्ता गर्ने


एबीसी न्यूज

काठमाडौं, ७ साउन । चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले १५ औँ अनसन थालेको २४ दिन बितिसकेको छ । सरकारले उनलाई काठमाडौं ल्याए पनि औपचारिक वार्ता हुन सकेको छैन ।

शिक्षासचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलीसँग केसीले वार्ता गर्न अस्वीकार गरेपछि वार्ता अझै अनिश्चित छ ।

यसैबीच सरकारले अनसन तोडेर वार्तामा आउन डा. केसीलाई सन्देश पठाएको छ । बालुवाटार निकट स्रोतका अनुसार केसीले अनसन तोडे प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सीधै वार्ता गर्ने सम्भावना छ ।
यसअघि पटकपटक सहमति भए पनि समस्याको समाधान नभएपछि प्रधानमन्त्री आफैंले डा. केसीसँग वार्ता गर्ने मनस्थिति बनाएका छन् । यसबारेको सन्देश डा. केसीलाई पठाए पनि उनले जवाफ नआएको स्रोतको भनाई छ ।

‘डा. केसीभन्दा अरुसँग वार्ता गरेर पनि अर्थ नहुने भयो, उहाँ संस्था नभएर व्यक्ति भएकाले उहाँका प्रतिनिधिभन्दा पनि उहाँसँगै सरकारले वार्ता गर्न खोजेको हो ।
आवश्यकता परेमा प्रधानमन्त्रीस्तरमै वार्ता हुन्छ’ नाम उल्लेख नगर्ने शर्तमा प्रधानमन्त्रीका एक सहयोगीले भने, ‘तर पहिले उहाँले अनसन तोड्नुपर्छ । अनसनमा भएको बेला उहाँ बोल्न सक्नुहुन्न, कसरी वार्ता गर्ने ?’

सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता हुनुपर्ने माग राख्दै डा. केसीले असार १६ गते जुम्लाबाट अनसन सुरु गरेका थिए । अनसनका कारण स्वास्थ्य अवस्था गम्भीर देखिएपछि सरकारले डा। केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com