ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेह्रथुमका द्वन्द्वपीडित परिवारले पाए ५२ लाख राहत


bhawani desk

तेह्रथुम, ६ साउन । वर्षे सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएका तेह्रथुमका २६ परिवारले रु ५२ लाख राहत पाएका छन् ।

द्वन्द्वकालमा बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २६ परिवारले रु ५२ लाख पाँच हजार ७०० रकम राहत पाएका हुन् ।

जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको स्थानीय शान्ति समितिले रु ५२ लाख पाँच हजार ७०० राहतस्वरुप वितरण गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । जसमध्ये बेपत्ता पारिएका दुई परिवारलाई रु १४ लाख वितरण गरिएको छ ।

यस्तै मृतकका परिवार छ जनालाई रु २३ लाख र विस्थापित हुने २० परिवारलाई रु १५ लाख पाँच हजार ७०० वितरण गरिएको स्थानीय शान्ति समिति तेह्रथुमका सचिव तुलसी रिमालले बताउनुभयोे ।

विगतमा राहत रकम प्राप्त गर्न छुटेका र अपुग रकम मात्रै लिएकाको आवेदन लिएर राहत वितरण गरिएको हो ।

जिल्लाका द्वन्द्वपीडितका लागि रु ६४ लाख बजेट उपलब्ध भएकोमा यो वर्ष पनि तेह्रथुमका द्वन्द्वपीडितका लागि आएको रु ११ लाख ९५ हजार खर्च नभई फिर्ता गएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com