ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देह व्यापारमा लगाउन बालिकालाई छिटो बढ्ने औषधि


एबीसी न्यूज

सांकेतिक फोटो

एजेन्सी । विभिन्न बहानामा भारत पुर्याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ‘ग्रोथ हर्मोन’ लगायतका औषधि दिने गरिएको पाइएको छ ।

किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन् ।

प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा परेको भनी हालसम्म उजुरी नपरेको बताएको छ । उमेरको तुलनामा शरीर ठूलो देखियोस् भन्ने उद्देश्यले आफूहरूलाई ग्रोथ हर्मोन लगायतका औषधि दिइएको कतिपय पीडित नेपाली किशोरीले पुष्टि गरेका छन् ।

त्यस्तैमध्येकी एक किशोरीले आफ्नो अनुभव सुनाउँदै भनिन, ‘मलाई दिनको दुई पटक लामो लामो रातो चक्की औषधि खान दिइन्थ्यो । त्यो खादाँ मलाई बान्ता आउँथ्यो ।’ उनले भनिन, ‘सकेसम्म खान नपरोस् जस्तो लाग्थ्यो । तर खाएन भने गाली गर्थे, कुट्थ्ये र उनीहरूले नै खुवाइ दिन्थे । त्यो खायो भने छिट्टै ठूलो हुन्छौ र घर जान पाउँछौ भन्थे उनीहरूले ।’

एक महिलाले छोरीलाई गुणस्तरीय शिक्षा दिने भनी आश्वस्त पारेपछि आठ सन्तानमध्येकी एक उनलाई अभिभावकले ती महिलाको जिम्मेवारीमा काठमाडौं पठाइदिएको बताइन् । उनलाई काठमाडौंबाट भारतको एकटा शरहमा लगेर एक नेपाली परिवारसँग राखियो । त्यहाँ ती बालिकाले घरधन्दा गर्नुपर्थ्याे,  त्यहाँ बसेको करिब दुई वर्षपछि उनलाई अर्को शहरमा पुर्याइएकाे उनी बताउँछीन् ।

‘यहाँ पनि नेपाली परिवारसँगै बसेँ । उनीहरूले मलाई त्यो औषधि दिन थाले । त्यस्तो औषधि खुवाए र करिब दुई वर्षपछि उनीहरूले मलाई बेचिदिए । त्यो नराम्रो काम गर्ने ठाउँ थियो जहाँ म सबैभन्दा सानी थिएँ ।’

‘ती मानिससँग जादिनँ भन्यो भने तिमीलाई हामीले किनेको पैसा तिर्नपर्छ भन्दै कुट्थ्ये । धन्न म त्यहाँ पुगेको छ महिनामै पुलिसले छापा मर्याे र म त्यहाँबाट बाहिर आउन सकेँ ।’

भारतसँगका नाकामा प्रहरी र विभिन्न गैरसरकारी संस्थाको जाँच तीव्र भएपछि मानवतस्करहरूले साना बालिकाहरूलाई लक्ष्ति गर्न थालेको मानव बेचबिखनविरुद्ध काम गरिरहेको माइती नेपालका निर्देशक विश्वराम खड्काले बताए ।

‘किशोरीहरूमाथि निगरानी भइरहेको समयमा साना बालिकालाई लिएर नाका पारि जान सजिलो भयो । कसैले सोध्यो भने मेरै बच्चा हो भने भइहाल्यो, सजिलो हुन्छ । ’बालिकाहरूलाई राम्रो विद्यालयमा पढाइदिने प्रलोभन देखाएर लैजाने र पछि बेच्ने गरेको पाइएको खड्काले बताए ।

भारतमा रहँदा एउटी बालिकालाई समयभन्दा अघिनै किशोरी बनाएको देखेको अनुभव बेचबिखनविरुद्ध सक्रिय शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दुनुवारको पनि छ ।

उनी भन्छिन्, ‘म भारतमा समस्यामा परेको बेला म परेकै ठाउँमा एक ९ वर्षको बालिका ल्याएको थियो । त्यसपछि ऊ दुई महिना जति गायब भइन् । उनी फर्किँदा मैले उनलाई चिन्नै सकिन । मान्छै हलक्कै बढेर आएकी थिइन् । तर बोली चाहिँ एकदम सानो थियो । ’प्रायः गरीब र सीमान्तकृत परिवारका बालिकाहरू त्यहाँ भेटेको दुनुवारले बताइन् ।

यस्ता औषधि सुईमार्फत दिने गरेको भेटिएको र यसको थुप्रै नकारात्मक असर हुने चिकित्सकहरू बताउँछन् ।

डा. अरुणा उप्रेती भन्छिन्, ‘यस्ता औषधिले बालिकाको शरीर किशोरीको जस्तो बनाइदिन्छ । यसले जीवनभरि नराम्रो असर पार्छ । विशेषगरी पाठेघरमा असर गर्छ अनि हड्डीमा पनि समस्या आउनसक्छ ।’ बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com