ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उनको बाँच्न पाउने अधिकार सुरक्षित गरेका छौं – मन्त्री पोखरेल


एबीसी न्यूज
श्रावण ३, २०७५ बिहीबार  १० : ०४ बजे

काठमाडौँ, ३ साउन ।  बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले आज बिहान हेलिकोप्टर पठाएको छ ।

उहाँको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएकाले आज बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव खगराज बरालको टोली उहाँलाई लिन गएको छ । काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिनेछ ।

गएराति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ मन्त्रीसहितको बैठकले केसीको स्वास्थ्य खराब हुँदै गएकाले काठमाडौँ ल्याउने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

 ‘केसीको जीवन रक्षाका लागि उनलाई काठमाडौं ल्याउनुको विकल्प छैन, हामी त्यसैले उनको बाँच्न पाउने अधिकार सुरक्षित गरेका छौं’ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले भने । देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा २० दिनदेखि अनसनरत थिए । यस बीचमा डा. केसीका प्रतिनिधिसँग सरकारका प्रतिनिधिबीच पटक पटक वार्ता भएपनि सहमति हुन सकेको छैन।

उहाँले चिकित्सा शिक्षा विधेयकबारे प्रतिनिधिसभाले प्रक्रियागतरुपमा निर्णय गर्ने जनाउनुभयो । बाँकी विषय चिकित्सा शिक्षा आयोगले टुंगो लगाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com