ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य संस्थामा बन्द गर्ने निर्णय विरुद्ध चिकित्सकहरु नै उत्रिए


एबीसी न्यूज
श्रावण २, २०७५ बुधबार  ६ : १७ बजे

काठमाडौं, २ साउन  देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने नेपाल चिकित्सक संघको निर्णय विरुद्ध चिकित्सकहरु नै उत्रिएका छन् ।
जनताले पाउनुपर्ने अत्यावश्यक चिकित्सा सुविधा बन्द गर्ने नमिल्ने भन्दै चिकित्सकहरुले संघको बन्द निर्णयको विरोध गरेका छन् । राष्ट्रिय चिकित्सक संघ, नेपाल र अखिल नेपाल प्रगतिशिल जनसस्वास्थ्यकर्मी महासंघले राजधानीमा आज पत्रकार सम्मेलन गरी जनताले पाउने सेवाबाट बन्चित गर्ने नमिल्ने जिकिर गरेका छन् ।

यी दुई संस्थाले नेपाल चिकित्सक संघ कुनै राजनीतिक पार्टीको गोटी भएको भन्दै त्यसको आलोचना गरेका छन् । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको भाग १ धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निस्शुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने उल्लेख गरिएको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार र मातहतका निकायहरुले बनाउने हरेक नीति, कार्ययोजना र कार्यक्रमहरु संविधानको यो भावनालाई संरक्षण गरेर जनताको आधारभूत र आकस्मिक स्वास्थ्य अधिकार सुनिश्चित गर्छौ भनेर सेवामा होमिएकाहरु राजनीतिक दलको गोटी बन्नु नहुने उनीहरुको जिकिर रहेको छ ।’

नेपाल सरकारकै अन्तर्गत पर्ने अस्पतालमा त संविधानप्रदत्त यी अधिकार जनताले निशुल्क उपभोग गर्न पाएका छैनन् भने दलीय स्वार्थमा लागेर जनताले पाउनुपर्ने आधिकार बन्द गर्नु उचित नभएको विज्ञप्तीमा भनिएको छ ।
हामीकहाँ स्वास्थ्य सम्बन्धी बाँडिएका सपनाहरु धेरै ठूल्ठूला छन् । अमेरिका जस्तो विकसित राष्ट्रले समेत दिन नसकेका स्वास्थ्यका अधिकारहरु नेपालमा कागज, भाषण र नीतिमा लोकप्रियता बटुल्न अनशन, आन्दोलन गर्नुको कुनै औचित्य नभएको पनि उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com