
काठमाडौं, १ साउन । पर्यटन मन्त्री रविन्द्र अधिकारीले कोशीमा भन्दा पहिला नारायणी नदीमा पानी जहाज चल्ने बताएका छन् । मंगलबार सौराहामा पर्यटकीय बस सेवा उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले उक्त कुरा बताएका हुन् ।
‘मान्छेले गिज्याइ रहेका छन् । डुबान हुँदा पनि कागजको जहाज राखेर केपी ओलिको जहाज आयो भनेर उडाइ रहन्छन् । उडाउने साथीहरू उडाएरै बस्नुस कोशी र नारायणीमा अब जहाज चल्छ । अध्ययनले पुष्टि गरि सकेको छ ।’
नारायणीमा थप राम्रो र स्तरीय पुल बनाउने उनले बताए । सन् २०२० मा २० लाख पर्यटक ल्याउने योजना सरकारले बनाएको उल्लेख गर्दै यसबाट एक लाख युवाले रोजगारी पाउने उनले बताए । ‘त्यसैले दक्ष जनशक्ति चाहिन्छ । यसका लागि टुरिजम् एकेडेमी वा युनिभर्सीटी खोलौं भनेको मान्छेले यसलाई पनि उडाई राखेका छन्’, मन्त्री अधिकारीले भने ।







प्रतिक्रिया दिनुहोस्