ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सकियो विश्वकप फुटबल : कुन कुन खेलाडीले कुन अवार्ड पाए ?


एबीसी न्यूज

काठमाडौं, ३२ असार  । रुसमा सम्पन्न विश्वकप फुटबल २०१८ को फाइनलमा फ्रान्ससंग पराजित क्रोएसियाका कप्तान लुका मोड्ररिच प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बलको अवार्ड जितेका छन् ।

क्रोएसियालाई पहिलो पटक फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका उनले उत्कृष्ट खेलाडी हुँदै गोल्डेल बल जितेका हुन्। उनले प्रतियोगितामा २ गोल गरेका थिए भने एउटा गोलका लागि पास दिएका थिए।

यस्तै बेल्जियमका एडेन हजार्डले शिल्भर बल पाए भने फ्रान्सका एन्टोनी ग्रीजम्यानले ब्रोन्ज बल जिते। यस्तै च्याम्पियन फ्रान्सका युवा स्टार किलिएन एम्बाप्पेले बेस्ट योङ प्लेअरको अवार्ड जिते। विश्वकपको फाइनलमा गोल गर्ने पेलेपछिका पहिलो टिनएजर खेलाडी एम्बाप्पे उत्कृष्ट युवा खेलाडी बनेका छन्। यस विश्वकपमा एमबाप्पेले कूल ४ गोल गरे। उनलाई पेलेले बधाईसमेत दिए।

यस्तै प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जिते। यस्तै ४ गोल गर्नुका साथै २ एसिस्ट गरेका ग्रीजम्यानले शिल्भर बुट तथा ४ गोल र एक असिस्ट गरेका बेल्जियमका रोमेलु लुकाकुले ब्रोन्ज बल जिते।

बेल्जियमका गोलकिपर थिबाउट कोर्तवाले उत्कृष्ट गोलकिपर हुँदै गोल्डेन ग्लोभ्स जिते । यस्तै समूह चरणबाटै बाहिरिएको डिफेन्डिङ च्याम्पियन स्पेनले फेयर प्लेको अवार्ड जित्यो।

–एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com