ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह


admin
असार ३०, २०७५ शनिबार  ११ : ५९ बजे

काठमाडौँ । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि बेलायतलाई आग्रह गर्नुभएको छ । मन्त्री पुनसँग शिष्टाचार भेटका लागि मन्त्रालय पुग्नुभएका नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरीसलाई सो आग्रह गर्नुभएको हो ।

मन्त्री पुनले नेपालमा राजनीतिक स्थायित्वको युग शुरु भइसकेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि प्रोत्साहन गरिदिन राजदूत मोरीसलाई आग्रह गर्नुभएको थियो ।

उहाँले आफू ऊर्जामन्त्रीको रूपमा कार्यभार सम्हालेसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र समेटिएको श्वेतपत्र सार्वजनिक गरिएको बताउनुभयो ।

मन्त्री पुनले प्रशारण लाइनको गुरुयोजना भर्खरै मन्त्रालयको तर्फबाट सार्वजनिक भएको भन्दै त्यसमा बेलायती लगानीकर्तालाई लगानी गर्न आग्रह गर्नुभयो ।

मन्त्री पुनले नेपालको जलविद्युत् क्षेत्रमा समेत लगानीको उपयुक्त वातावरण बनेको धारणा राख्नुभयो । उहाँले वर्तमान सरकारको नीति लगानीमैत्री वातावरण बनाउनेतर्फ रहेको भन्दै त्यसका लागि नयाँ नीति ल्याउने र केही नीतिमा परिमार्जन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

भेटमा राजदूत मोरीसले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बेलायत सरकार तयार रहेको बताउनुभयो । उहाँले वैकल्पिक ऊर्जाको क्षेत्रमा बेलायती सहयोग नियोग डिएफआइडी मार्फत काम भइरहेको जानकारी दिँदै आगामी दिनमा समेत सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजदूत मोरीसले नेपाललाई सहयोग गर्ने विषयमा विकास साझेदार अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग समन्वयात्मक ढंगले काम गर्न आफूहरू तयार रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

सम्बन्धित

आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने

गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा काटिँदैछ आज बिजुली

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com