काठमाडौं, ३० असार । पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको उपचारको क्रममा निधन भएको छ ।
बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारार्थ ५३ वर्षको उमेरमा आलमको शुक्रबार साँझ निधन भएको हो ।
आलमलाई बिहीबार गृहजिल्ला रौतहट गएको बेला हृदयाघात भएको थियो । त्यसलगत्तै उनलाई उपचार गर्न बाँसबारीस्थित गंगालाल अस्पतालमा ल्याइएको थियो ।
उनको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरुलाई निर्देशन दिएका थिए । तर, प्रधानमन्त्री फर्किएको केही समयपछि नै आलमको निधन भएको थियो ।
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
आलमको पार्थिव शरीरलाई शनिबार विहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य जारी गर्दै मो.मुस्ताक आलमको निधनप्रति दुःख व्यक्त गरेका छन् । आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको ओलीको भनाइ छ ।
स्ताक आलम केपी ओली नेतृत्वको अघिल्लो सरकारमा २०७२ कात्तिकदेखि २०७३ साउनसम्म उनी स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्