काठमाडौं, २९ असार । आज साँझदेखि काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा ठूलो वर्षा सुरु भएको छ । शिवपुरी, सुन्दरीजल, साँखु लगायतको क्षेत्रमा वर्षा सुरु भएको हो ।
काठमाडौंको धोवी खोला, बागमती, नागमती, सालिनदी, मनोहरा लगायतमा आकस्मिक बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका जनाएको छ ।
विभागले बुढानिलकण्ठ आसपास पनि ठूलो वर्षा रहेको भन्दै विष्णुमती नदीमा पनि बहाव बढ्ने सम्भावना रहेको जनाएको छ । विभागले खोला आसपास सतर्क रहन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्