ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिनभरि आँप र केरा बेचेर कापीकलम


bhawani desk

सुर्खेत, २७ असार । बराहताल गाउँपालिका–८ की हिमा रोकाया दिउँसोको समयमा सुर्खेत–जुम्ला सडकमा आँप बेच्नुहुन्छ । दिनभरि आँप र केरा बेचेको पैसाले उहाँ कापीकलम किन्नुहुन्छ ।

रोकायाले दैनिक रु ८०० भन्दा बढी आम्दानी गर्नुहुन्छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्दै गरेकी रोकाया आवश्यक कापीकलम र नयाँ लुगा किन्न पढाइ छोडेर आँप र केरा बेच्नुहुन्छ ।

आर्थिक अवस्था कमजोर भएकाले कापीकलम किन्न र विद्यालयको पोशाकको जोहो गर्न उहाँ आँप र केरा बिक्री गर्दैआउनुभएको छ ।

रोकाया मात्र होइन सोही विद्यालयको कक्षा ४ मा पढ्ने सपना रोकाया पनि साथीहरुसँग बिहान–बेलुका आँप बिक्री गर्नुहुन्छ । “कापीकलम र नयाँ लुगा किन्न आँप र केरा बिक्री गर्ने गरेकी छु,” उहाँले भन्नुभयो ।

हिमा र सपना मात्र होइन वीरेन्द्रनगरबाट पश्चिम सुर्खेत हुँदै दैलेख जुम्ला जाने सडक वरपरका गाउँका विद्यार्थी आँप, मकै र केरा बिक्री गर्दैआएका छन् । उनीहरुलाई अभिभावकले नै आँप बेच्न पठाउने गरेको स्थानीयवासी ताराकेशर गौतमले बताउनुभयो ।

सडकमा बालबालिका गाउँमा उत्पादित विभिन्न कृषि वस्तु बेचेर आम्दानी गर्दै आएका छन् । उनीहरुले त्यही पैसोले नुन, तेल, चामल र दालको जोहो गर्ने गरेका छन् ।

अधिकांश विद्यार्थी गाउँमा उत्पादित विभिन्न कृषि वस्तु बजारमा लगेर बिक्री गरी पढाइ खर्च जुटाउँदै आएका छन् । अहिले आँपको मूल्य प्रतिदाना रु १० देखि रु २० पर्छ । उनीहरुले प्रतिमकै रु १० देखि रु २० सम्ममा बिक्री गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com