ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पा ठुलीभेरी नगरको बजेट २८ करोड ९१ लाख


एबीसी न्यूज

डोल्पा(जुफाल),२७ असार । हिमाली जिल्ला डोल्पाको ठुलीभेरी नगरपालिकाको बजेट २८ करोड ९१ लख ८५ हजार बजेट प्रस्ताब गरिएको छ ।
हाम्रो लगानी कृषि,पर्यटन,उद्योग,ब्यापार बातारवरण र पुर्वाधार, ठुलीभेरी नगरपालिकाको समृद्धिको मुल आधार भन्ने नाराका साथ ठुलीभेरी नगरपालिका जुफालको दोश्रो नगरसभाले सो रकमको बजेट प्रस्ताब गरेको हो ।
नगरसभाले आन्तरिक सडक बिस्तार र ब्यवसायिक प्राङ्गारिक कृषि खेतीलाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक बर्ष ०७५÷०७६ को बजेट नीति तथा कार्यक्रम पारित गरेको छ ।

ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले आर्थिक वर्ष ०७५÷०७६ को लागि चालु र पुँजिगत तर्फ गरेर २८ करोड ९१ लख ८५ हजार बराबरको प्रस्ताबित बजेट प्रस्तुत गरेका हुन् ।
दोश्रो नगरसभामा प्रस्तुत बजेट नीति तथा कार्यक्रममा आर्थिक बर्ष ०७५÷०७६ कृर्षि क्षेत्रमा समृद्धीको इतिहास रच्ने आधार वर्षको रुपमाहुने बताउदै एक घर एक फलफुल बगैचा अभियानको थालनी गरिने बताइएको छ ।

नगरभित्रका प्रत्येक युवालाई कृर्षि तर्फ आर्कषित गराउन सहुलियत रिणको ब्यवस्था,कृषकको सुरक्षाको लागि पशुसेवा बिमा,फलफुल कृषक बिमाको ब्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

शहरी विकास तथा भोतिक पुर्वाधार नीति अन्तरगत पहिलो प्राथमिकतामा आन्तरिक सडकको बिस्तार तथा स्तरउन्नती र सबै वडालाई सडक सन्जालले जोडिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसै गरि उच्च शिक्षा हासिल गरेका युवाहरुलाई कम्तिमा एक वर्ष बिद्यालयमा पढाउन प्रोतसाहन गर्न डोल्पा शिक्षा फेलोशिप शुरु गरिने, प्राबिधिक, पर्यटन शिक्षा सहितको नमुना स्थानीय पाठ्यक्रम तयार गरिने नगरभित्र प्याराफिट सहितको जिल्लास्तरीय खेलकुद मैदान निमार्ण नगरको प्राथमिकतामा राखिएको छ ।

हिमाली मृगहरुको दृश्य अवलोकन सहितको जुफाल माझफाल पोकेपानी साईक्वारी सिस्ने हिमाल र हिम्चुलीको फेदी हुदै रुपपाटन बाटुल्ले पाटन ठाँगे दुनै सम्म, दुनै त्रिपुराकोट सम्म भेरीनदिमा र्याफ्टिङ्ग सेवा सहितको पर्यटकीय मार्गको बिकासलाई अगाडि बढाइने बताइएको छ ।

यसै गरि नगरभित्रका संचारमाध्यलाई प्रोत्साहनको लागि क्षमता अभिबृद्धि गरिनुका साथै नगरको सबै वडामा इन्टरनेट सहितको टेलिफोन सेवाको ब्यवस्था गरिने र नगरका जिल्लाम उलेख्यनिय काम गर्ने पत्रकारलाई ठुलीभेरी पत्रकारिता पुरस्कार प्रदान गरिने कार्यक्रम नीति तथा कार्यक्रममले समेटेको छ ।

ठुलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीको अध्यक्षतामा भएको बजेट नीति तथा कार्यक्रम घोषणा सभामा जिल्ला समन्वय समितिका सदस्य प्रेमलाल बिक त्रिपुरासुन्दरी नगरपालिकाका जनक केसी नेकपाका नैनप्रसाद पहाडी नेपाली काँग्रेसका पुर्व महासमिति सदस्य शुवर्णबहादुर शाही लगायतका अतिथिहरुले नगर केन्द्र बिवादले गर्दा ढिलै भएपनि प्रस्तुत बजेट नीति तथा कार्यक्रम राम्रो सबैलाई समेटेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com