ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडकले विस्तारले मौलिक सम्पदा हराउदै


एबीसी न्यूज
असार २७, २०७५ बुधबार  ८ : १७ बजे

म्याग्दी, २७ असार ।  २०६५ सालयता म्याग्दीका ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै जिल्लाका मौलिक सम्पदा नास भएर गएका छन् ।

मौलाउँदो डोजर संस्कृति र डोजर चालक नै इञ्जिनियर बनेर बिना सर्भे र योजना सडक खनिदा ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटी–पौवा भत्काइएको छ भने चौतारी र पोखरी पुरिएपछि ग्रामीण सौन्दर्य नै हराएको छ ।

सडक सुविधाको पहुँच विस्तारसँगै ऐतिहासिक महत्वका पाटी,पौवाको अस्तित्व संकटमा परेको छ । सडक र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि म्याग्दीका विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवा संरक्षणको अभावमा संकटमा परेका हुन् ।

जिल्लाको विभिन्न ठाउँमा रहेका १०० वटा भन्दा बढी यस्ता पाटीपौवाको अस्तित्व संरक्षण र उपभोगको अभावमा संकटमा परेका मालिका गाउँपालिका–२ रुमका बिलबहादुर विश्वकर्माले बताउनुभयो । त्यसैगरी बेनपा–९ गलेश्वरका पं भीमनाथ पराजुलीले यात्रुको सुविधाका लागि बनाइएका पाटीपैवा र चौतारी पछिल्लो समय सडक विस्तारका नाउँमा भत्काइनु आफ्नो मौलिकतामाथि प्रहार गर्नु हो भन्नुभयो ।

उहाँका अनुसार विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिर प्रवेशद्वारको रूपमा चिनिने म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको सिमानासम्मको पुरानो बाटोमा रहेका दर्जनौँ पाटीपौवा लोप भइसकेका छन् ।

मोटरबाटो र होटलको विकास हुने क्रमसँगै पाटीपौवा भत्काइने क्रम बढेको ताकमका बयोवृद्ध बृद्धीप्रसाद सुवेदीले बताउनुभयो । परिवर्तित समयअनुसार ग्रामीण पहिचान झल्काउने यस्ता सम्पदाको संरक्षण गर्न सरोकारवालाले चासो नदिएको उहाँको गुनासो छ ।

पुण्य कमाउनका लागि सामाजिक काम गर्न पाटीपौवा र चौतारी निर्माण गर्ने चलन छ । पहिले बाटोमा होटल थिएनन् । पाटीपौवामा बास बस्ने चलन थियो । सुवेदी भन्नुहुन्छ, “ठाँटीमा बास बस्ने चलन हराए पनि यस्ता सम्पदाको संरक्षण हुन जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com