ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाकेमा ईरिक्सा १५ दिनभित्र दर्ता गर्नुपर्ने निर्णय


bhawani desk
असार २६, २०७५ मंगलबार  ६ : १७ बजे


नेपालगन्ज,२६ असार । बाकेमा केही बर्षदेखि बिना दर्ता सञ्चालनमा रहेका ईरिक्सा १५ दिनभित्र दर्ता गरिसक्नु पर्ने भएको छ ।

नेपालगन्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र ईरिक्सा यातायात व्यवस्था कार्यालय भेरीमा दर्ता गर्नुपर्ने निर्णय रहेको हो । बा“के जिल्लामा अधिकांश ईरिक्साहरु दर्ता नभएरै संचालनमा रहेको जिल्ला ट्राफिक कार्यालय बा“केले जनाएको छ ।

१५ दिनभित्र ईरिक्सा दर्ता नगरिए कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र बहादुर रोकायले बताए ।
एक बर्षअघि समेत ईरिक्सा अनिवार्य दर्ता गर्नुपर्ने निर्णय गरिएपनी त्यसको कार्यान्वयन हुन सकेको थिएन । यातायात व्यवस्था समितिका सदस्य रहेका रहेका प्रहरी निरीक्षक रोकायले सरोकारवालाहरुको समन्वयमा यो निर्णय लागु गरेरै छाडिने बताए ।

ई रिक्सा चालकको चालक अनुमती पत्र समेत अनिवार्य रुपमा हुनुपर्ने बैठकले निर्णय गरेको छ । जिल्लाभरी साढे ८ हजार वटा ईरिक्सा रहेको ट्राफिक प्रहरीले अनुमान गरेको छ ।

ति मध्ये ४ हजारको हाराहारीमा मात्र यातायात व्यवस्था कार्यालय भेरीमा दर्ता भएका छन् । दर्ता गरेर इरिक्सा चलाउंदा दुर्घटना कम हुनुका साथै व्यवस्थित रुपमा संचालन हुने ट्राफिक प्रहरीले आशा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com