ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपकुलपति कोइरालाको नियत मानव तस्करी !


ABC NEWS
असार २५, २०७५ सोमबार   ७ : ०६   बजे


काठमाडौं २४ असार । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति  प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाले विदेश जान अनुमति नलिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक पद धारण गरेका ब्यक्तिले सम्बन्धित पदाधिकारीको हैसियतमा वैदेशिक भ्रमण गर्दा कानुन बमोजिम सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने भएता पनि उपकुलपति कोइरालाले अनुमति नलिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ती जारी गर्दै उपपकुलपति कोइरालाको भिसा सिफारिसका निम्ती विश्वविद्यालयबाट मन्त्रालयमा कुनै प्रकारको अनुरोध नआएको मन्त्रालयले जनाएको छ । उता विश्वविद्यालयभित्रकै स्रोतका अनुसार कोइरालाले भने कार्यकारी परिषदबाट विधिवत निर्णय  समेत नगराई विदेश जान लागेको बताईएको छ ।

आजदेखि  १७ जुलाईसम्म क्यानडाको भ्यानकुभर सहरमा आयोजित १७ औ अन्र्तराष्ट्रिय संस्कृत संम्मेलन सहभागी हुन उपकुलपति कोइराला सहित उनका रोजाइका १८ जनाले भिसा एप्लाइ गरेका थिए  । जसमा ६ जनाको मात्र भिसा लागेको थियो । चार महिनाअघि देखि भिसा माग गरेकामध्ये उपकुलपति कोइरालाको भिसा नलागेपछि उनले पुनः आवेदन दिएका थिए । भिसा आवेदनका क्रममा कतिपयले श्रीमतीको समेत नाममा आवेदन गरेका थिए ।

स्रोतका अनुसार श्रीमान श्रीमती भन्दै भिसा लिएर विदेश गएता पनि कथित श्रीमती विदेशै छाडेर आउने योजना रहेको विश्वविद्यालय स्रोतको दावी छ । अर्को अचम्म त संस्कृत सम्मेलनमा विदेश भ्रमण गर्नेेमा नेपाली विषयका ३ जना, तन्त्रका १ जना र बौद्ध दर्शनका २ जना छन् । संकृति विषयका विद्धानले सहभागिता जनाउनु पर्ने सम्मेलनमा गैर संस्कृत विषयका व्यक्ति सम्मेलनमा सहभागी हुन खोज्नुमा विदेश शयरको मात्र चाहना प्रष्ट देखिएको छ ।

विदेश भ्रमणमा जा“दा कोइरालाले विश्वविद्यालय ऐन अनुसार कसैलाई कार्यवाहक समेत दिएका छैनन् । कोइरालालाई मन्त्रालयको अनुमति विना विदेश जान लागीएको भन्दै एअरपोर्टबाट फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।उपकुलपति कोइरालाको नियमित सम्पर्कमा रहनु पर्ने सहकुलपति तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल भने यस विषयमा उदासिन देखिएका छन् । कोइरालाले दुई हप्ता पहिले मन्त्रालयमा विदा स्वीकृतको निवेदन दर्ता गराएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group