
काठमाडौं,२५ असार । सरकारले शुक्रबार मुस्ताङमा टिपर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
प्रतिनिधीसभाको सोमबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले घटनाबारे जानकारी गराउँदै मृतकका परिवालाई पाँच लाख दिने बताएका छन ।
विरुवा कन्ट्रक्सनले : स्थानीय बाटो निर्माण गर्ने क्रममा खाना खाएर काममा फर्किने क्रममा दुर्घटना भएको गृहमन्त्री थापाले संसदलाई जानकारी गराए ।
उहाले टिपरमा ३२ जना सवार भएको र जसमध्ये २० जनाको मृत्यु भएको र घाइतेहरुको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनले घाइतेहरुको अवस्था चिन्ता मुक्त रहेको उल्लेखगरेका छन।
उक्त दुर्घटनामा रोल्पाका ९ जना र दाङका ६ जनाको मृत्यु भएको थियो । त्यस्तै धादिङ, स्याङ्जा, ओखलढुंगा, कैलालीका १–१ जनाको मृत्यु भएको थियो ।







प्रतिक्रिया दिनुहोस्