ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि क्षेत्रको दिगो विकास गर्दै चितवनलाई आत्मनिर्भर बनाउ छु – नगरप्रमुख दाहाल


एबीसी न्यूज
असार २३, २०७५ शनिबार  ९ : ४४ बजे


चितवन, २२ असार  । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यक्रम चितवनमा प्रभावकारी देखिएको छ । परियोजना कार्यान्वयन इकाई तरकारीको पकेट क्षेत्र पार्वतीपुर चितवनले सोमबार एक कार्यक्रमबीच तरकारी पकेट क्षेत्रका कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।

कार्यक्रममा १० जना कृषकलाई मिनी टिलर, ७३ जनालाई अन्य उपकरण वितरण गरिएको वरिष्ठ कृषि अधिकृत भलकनाथ कँडेलले जानकारी दिनुभयो ।
अनुदानमा पावर टिलर पेरे मेसिन, तौल मेसिन तथा औषधि छर्ने स्प्रे मेसिन वितरण गरिएको थियो । मिनी टिलरलाई ५० प्रतिशत अनुदान दिइएको छ ।

कष्टम हायरिङका उपकरणहरु तथा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले परियोजना कार्यान्वयन इकाई तरकारी जोन पार्वतीपुरले कृषि उत्पादकत्व वृद्धि गर्दै तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले आफ्ना गतिविधि बढाइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

“अहिले तरकारी जोनमात्र छ” उहाँले भन्नुभयो, “यसलाई आफूलाई सुपर जोनको रूपमा विकास गर्न आवश्यक छ । आयोजनाले यस क्षेत्रको आवश्यकताको आधारमा बृहत् योजना संचालन गर्दै जानुपर्छ ।”
मेयर दाहालले कृषकलाई मेसिनको अधिकतम उपयोग गरी उत्पादकत्व दोब्बर बनाउन सुझाव दिनुभयो । उहाँले भरतपुर महानगरपालिकाले कृषि क्षेत्रको दिगो विकास गर्ने नीति लिई अघि बढेको जानकारी दिनुभयो ।

उहाँले तरकारी, फलफूल, माछा, कुखुरा र अन्न उत्पादन गरी देशलाई नै आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्नुभयो । परम्परागत र निर्वाहमुखी परिपाटीलाई छोडी आधुनिक प्रणालीमा आउन अनुदान तथा मेसिनरीको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ थियो ।

बरिष्ठ कृषि अधिकृत सुधिर श्रेष्ठले अनुदान प्राप्त गर्ने किसानहरूलाई उच्चतम प्रतिफल हासिल गर्न आग्रह गर्नुभयो । समितिका सदस्य तथा वडा नम्बर २५ का अध्यक्ष विजय भुजेलले कार्यक्रमले कृषि उत्पादन वृद्धिमा ठुलो सहयोग पु¥याउने धारणा राख्नुभयो । कार्यक्रम परियोजना कार्यान्वयन इकाई तरकारी जोन पार्वतीपुकी संयोजक बालिका गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com