ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गर्छु :अध्यक्ष दाहाल


bhawani desk
असार २२, २०७५ शुक्रबार   ४ : ५१   बजे

काठमाडौं,२२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा माक्र्सवादको प्रयोग र अनुसरण शुरु भएको बताउनुभएको छ ।

उहाँले योगमाया सतवार्षिकी समारोह तथा ७८औँ स्मृति दिवसका सन्दर्भमा राजधानीमा आयोजित एक कार्यक्रममा वर्तमान सरकार सामन्तवाद र निरङ्कुशतन्त्रले गाढेका अवशेषलाई पन्छाएर सामाजिक रुपान्तरणका लागि अघि बढ्ने बताउनुभयो ।

अध्यक्ष दाहालले योगमाया न्यौपाने सामाजिक र सांस्कृतिक जागरणप्रति समर्पित एक अभियन्ता हुन् भन्नुभयो । उहाँले योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सक्दो पहल गर्ने वचनबद्धता पनि प्रकट गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले योगमायाका नाममा आयुर्वेद विश्वविद्यालय स्थापना गर्नुपर्ने र उहाँलाई राष्ट्रिय विभूति घोषण गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले योगमाया क्रान्तिका माध्यमबाट महिला हिंसा, जातीय विभेद र निरङ्कुशताविरुद्ध आवाज बुलन्द आवाज गर्दै गाउँबेंसी ब्यूँझाउने साहसी महिला भएको बताउनुभयो ।

कार्यक्रममा सांसद पम्फा भुसालले योगमायाले समाज रुपान्तरणमा पु¥याउनुभएको योगदानलाई अहिलेका नारीवादीले भुल्न नहुने बताउनुभयो ।

त्यसैगरी, सांसद डा डिला सङ्ग्रौलाले लोकतन्त्र र सुशासनका लागि योगमाया र उनका अनुयायीले गरेको त्याग र बलिदान अनुकरणीय रहेको बताउनुभयो ।

पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले योगमायाको योगदान न्याय र सत्यका अनुयायीका लागि प्रेरक भएको विचार प्रकट गर्नुभयो ।

अभिजात्य वर्गीय सोच र मान्यता, पितृसत्तात्मक समाज र सांस्कृतिक विकृति तथा निरङ्कुश जहानियाँ शासनविरुद्ध साहित्यिक धारमार्फत सामाजिक विद्रोहमा उत्रिएकी संघर्षशील नारी हुन् योगमाया ।

योगमायाले जुद्धशम्शेरलाई २६ बुँदे मागपत्र बुझाएर समाज परिवर्तन गर्न आग्रह गरेकी थिइन् । तर, त्यसप्रति केही काम भएको नपाएपछि १९९८ साल असार २२ गते आफ्ना ६७ अनुयायीसँगै उहाँले जलसमाधि लिनुभएको थियो ।

उहाँ नेपालको पूर्वी जिल्ला भोजपुरमा जन्मनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

सम्बन्धित

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group