ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्ना शेयर सदस्यको निःशुल्क उपचार गर्दै सहारा


bhawani desk

झापा, २१ असार । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले ४४५ जनाको निःशुल्क उपचार गरेको छ ।

आफ्ना शेयर सदस्यको निःशुल्क औषधिउपचार गर्ने मुख्य उद्देश्यसहित सहकारीले सञ्चालन गरेको जीवन बरदान कार्यक्रमअन्तर्गत उनीहरुको निःशुल्क औषधि उपचार गरेको हो ।

सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीका अनुसार सहकारीको आर्थिक वर्ष २०७४÷७५ मा रु ७२ लाख सात हजार खर्च भएको छ । दुईवटा आयुर्वेद औषधालयसहित ३३ वटा अस्पतालबाट सहकारीले उक्त सेवा प्रदान गर्दै आएको छ ।

सहकारीका शेयर सदस्य बिरामी परे शल्यक्रिया, एनएसथेसिया पोष्टअप÷एचडियू, आइसियु÷एनआइसियूसम्मको खर्च सहकारीले व्यहोर्ने गरेको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताउनुभयो ।

फेमली हेल्थ नेपालको प्राविधिक सहयोगमा सहकारीले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रमबाट प्रदेश नं १ का सहाराका सम्पूर्ण शेयर सदस्य लाभान्वित भएका छन् । सहकारीले आगामी २०८० सालदेखि सम्पूर्ण शेयर सदस्यको निःशुल्क स्वास्थ्य उपचार गर्ने लक्ष्य लिएको सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो ।
सहकारीमा एक लाख ३० हजार ८०१ शेयर सदस्य छन् । संस्थाको कूल सम्पति दायित्व रु छ अर्ब ७९ करोड ३९ लाख २१ हजार रहेको सहकारीका अध्यक्ष सञ्जेलले बताउनुभयो । सहकारीले सञ्जीवनी कार्यक्रमसमेत सञ्चालन गर्दैआएको छ ।

सहकारीले आफ्ना शेयर सदस्यलाई रक्तचाप र मधुमेहको औषधिमा ५० प्रतिशत छुट दिँदै आएको छ । यस वर्षबाट थाइराइडको समेत औषधि उपलब्ध गराउँछौँ, गिरीले भन्नुभयो । आगामी दिनमा संस्थाले १० वटा जटिल रोगको औषधिमा सहयोग पु¥याउने लक्ष्य राखेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com