ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीर्ण सडकमा गाडी चलाउन समस्या


bhawani desk

रसुवा, १७ असार । नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने पासाङल्हामु राजमार्गको रसुवाखण्डका अधिकांश सडक जीर्ण हुँदा वर्षायाममा सवारी साधन गुडाउने चालकलाई समस्या पर्दै गएको छ ।

सडक सतहमा बढी खाल्टाखुल्टी भएको तथा खोपाङ, मूलखर्क र राम्चे क्षेत्रमा पहिरो गएका कारण सवारी साधन चलाउन असहज बन्दै गएको छ । मालवाहक कन्टेनर तथा ट्रक कुन बेला के हुन्छ भन्ने ठेगान नभएकाले सडक सुधार छिटोछरितो गरिदिन सडक कार्यालयलाई आग्रह गरिएको बा६ख ४०१५ नं कन्टेनरका चालक २२ वर्षीय विक्रम न्यौपानेले बताउनुभयो ।

चालक न्यौपानेका अनुसार पूर्णरुपमा सञ्चालन भइसकेको रसुवागढी नाकामा पर्ने पासाङल्हामु सडक व्यवस्थित पार्न सडक कार्यालयको विशेष ध्यान पुगेको नदेखिएकाले राम्चे खोल्सामा कल्भर्ट वा भुइँ ढलान, मूलखर्क क्षेत्रमा व्यवस्थित ढुङ्गा बिछ्याइ र खाल्टाखुल्टीमा गेगर ढुङ्गाले पुर्ने व्यवस्था भए मात्र पनि मालवाहक सवारी साधन सहज रुपले गुड्छ ।

उता डिभिजन सडक कार्यालय नुवाकोटले भने राजमार्ग व्यवस्थापनलाई ध्यानमा राखी २३ कामदार स्काभेटरसहितका तीन उपकरणसमेत प्राविधिक व्यवस्था गरिसकिएकाले सडक सुधार अब क्रमशः अगाडि बढ्ने जनाएको छ । डिभिजन सडक प्रमुख नीरज शाक्यले धुञ्चेमा एकाइ कार्यालयसमेत स्थापना गरिसकिएको र निर्बाध रुपले सवारी साधन गुडाउन आफूले राजमार्गमा ध्यान केन्द्रित गरेको बताउनुभयो ।

नेपाली सेनाले २०४२ सालमा निर्माण गरेको त्रिशूली– धुञ्च– स्याफ्रुबेँसी सडकअन्तर्गत मूलखर्क पाखामा २०५० सालदेखि नै पहिरो जान थालेको छ । पहिरो क्षेत्र भएका कारण त्यस भेगको करीब छ किलोमिटर सडक तत्कालीन अवस्थामा कालोपत्रेसमेत हुन नसकेकाले अहिले मूलखर्क पाखाका ठाउँ ठाउँमा ग्याबिन तथा टेवा पर्खाल लगाई केही हदसम्म भए पनि सडकलाई सुधार गरिँदै लगेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

अहिले दैनिक रुपमा मालवाहक तथा अन्य सवारी साधन १०० भन्दा बढी ओहोरदोहोर भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । स्याफ्रुबेँसी– मैलुङखण्डमा डबल लेनको राजमार्ग निर्माण भइसकेकाले आगामी दिनमा बेत्रावत्री– धुञ्चेतर्फको पासाङल्हामु मार्गलाई सहायक मार्गका रुपमा संरक्षण गर्दै लगिने प्राविधिकले बताएका छन् ।

स्याफ्रुबँेसी– मैलुङ– त्रिशूली– गल्छीसम्मको सडक सुधार तथा कालोपत्रे गर्ने काम अब दुई वर्षभित्र पूरा हुने गल्छी– मैलुङ– स्याफ्रुबेँसी सडक सुधार आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख सुबोध देवकोटाका अनुसार गल्छीदेखि मैलुङसम्मको सडक स्तरोन्नति गरी एक वर्षभित्र ४६ किलोमिटर सडक कालोपत्रे गरिसकिने छ ।

नेपाली सेनाले निर्माण गरेको मैलुङ–छोकलसम्म १७ किलोमिटर डबल लेनको सडक भने २०७७ सालभित्र टेवा पर्खाल, पुल निर्माण र कालोपत्र गरिसक्ने कार्ययोजनाअन्तर्गत थप संरचना बनाउन लागत अनुमान गराउने कार्य आयोजनाले अगाडि बढाएको छ ।

देवकोटाले भन्नुभयो, “भौगोलिक अति विकट भीरमा नेपाली सेनाले सडकको मार्ग खोल्ने कार्यमात्र सम्पन्न गरेको हो । सो सडकको उद्घाटनपछि गत वैशाख ६ गते हामीले जिम्मा लिएका छौँ ।

वर्षात्को शुरुआतसँगै अहिले ठाउँ ठाउँमा पहिरो गइरहेको अवस्था छ । विशेषज्ञ प्राविधिकद्वारा स्थलगत अध्ययन गराई प्राप्त प्रतिवेदनका आधारमा थप निर्माणलाई असर नपर्ने गरी वर्षायामपछि मात्र सवारी साधन आवातजावत खुला गर्न सक्छाँै ।

गल्छीदेखि मैलुङसम्म ४६ र मैलुङदेखि रसुवागढीसम्म ३६ किलोमिटर गरी सडकको कूल लम्बाइ ८२ किलोमिटर दूरी रहेको र सडकको स्तरोन्नति तथा कालोपत्रे सम्पन्न भएपछि गल्छीबाट रसुवागढीसम्म साना सवारी साधन तीन घण्टाभित्र र ठूला तथा मालवाहक सवारी साधन साढे चारदेखि पाँच घण्टाभित्र पुग्न सक्ने अनुमान गरिएको सवारी चालकले अनुमान गरेका छन् ।

अहिलेको १०६ किलोमिटरको गल्छी– त्रिशूली– धुञ्चे – रसुवागढी पुग्न दिनभर लाग्छ । नदीतिरबाट बनेको डबल लेनको बाटो चालू भएपछि दुर्घटना न्यूनीकरण हुने र ट्रक तथा कन्टेनरमा बढी वजन भए पनि सहज रुपले गुडाउन सकिने सवारी चालकले बताएका छन् । सडकमा घुम्ती मोड भने नभएको बताइएको छ ।

काठमाडौँदेखि सदरमुकाम धुञ्चे जोड्ने सडकमार्ग २०४२ सालमा निर्माण भएपछि राजमार्गबाट ग्रामीण भेग जोड्ने सहायक मार्ग भने पहिलो पटक धैबुङ घुम्तीदेखि जिबजिबे, दोस्रो पटक बनुवा कर्मीडाँडा, धैबुङकोट एवं सिम्ले, भोर्ले ग्रामीण कृषि सडक निर्माण भएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताउनुभयो ।

भट्टका अनुसार नुवाकोटको तुप्चेदेखि रसुवाको मैलुङसम्म मोल्निया हाइड्रोपावर कम्पनी, गोल्जुङ, थाम्बुचेत चिलिमे जलविद्युत् कम्पनी, थाम्बुचेत सिम्बु, साङ्जेन जलविद्युत् कम्पनीले सडक निर्माण गरेको स्मरण गर्दै रोङ्गा थुमन सडक रसुवागढी हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ ।

रसुवाका गाउँ गाउँमा प्रायः मोटरबाटो पुगिसकेको छ । स्थानीय बासिन्दाले गाउँमा जाँदा बस र मोटरसाइकल चढ्ने गरेका छन् । तीन दिनको पैदल यात्रापछि पुग्न सकिने पर्यटकीय क्षेत्र लाङ्टाङमा मोटरबाटो लान गोसाइँकुण्ड गाउँपालिकाले कार्ययोजना स्वीकृत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com