ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तुलसीपुर अमेलिया सडकखण्डको यात्रा जोखिमपूर्ण


bhawani desk

दाङ, १७ असार । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डमा ठाउँठाउँमा परेका खाल्डाखुल्डी र भत्किएका नाला समयमा मर्मत नगराउँदा यात्रु जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

गत वर्ष आएको बाढी तथा अविरल वर्षाले सो सडकखण्डमा क्षति पु¥याए पनि सम्बन्धित निकायले समयमा सडक मर्मतमा कुनै चासो नदिएपछि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

रुकुम, सल्यान र तुलसीपुर, अमेलिया हँुदै नेपालगञ्ज, सुर्खेतलगायत पश्चिम नेपालका विभिन्न ठाउँ जानका लागि सो सडकखण्डमा दैनिक २०० बढी यातायातका सवारीसाधन सञ्चालन हुने गरेका छन् ।

गत साल साउन महिनामा परेको अविर वर्षासँगै खसेको पहिरोका कारण सो सडकखण्ड उच्च जोखिम तथा जीर्ण अवस्थामा रहे पनि मर्मतका लागि सडक डिभिजन कार्यालय दाङले समयमा ध्यान नदिँदा यस पटक अझै जोखिम मोल्नुपर्ने बाध्यता रहेको बखरियाका स्थानीय पत्रकार देवीराम कुसारीले बताउनुभयो ।

यसपटक जिल्लामा अझै वर्षा नै भएको छैन अहिले नै सो सडकखण्डमा पहिरो खस्ने, ठाउँठाउँमा नाला भत्किनु र सडकमा ठूला खाल्डाखुल्डी रहेका छन् यसले गर्दा गाडी चलाउन समस्या हुने गरेको छ, सो बाटोमा गाडी चलाउँदै आएका चालक रमेश बस्नेतले बताउनुभयो ।

यसैबीच सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले अमिलिया सडक विस्तार गर्न टेण्डर भइसकेको बताउनुभएको छ ।

उहाँले अहिले वर्षात्को समयमा नयाँ बाटो विस्तार गर्दा झन समस्या पैदा हुने भन्दै तत्कालका लागि मर्मत गर्न आफूले निर्माण कम्पनीलाई निर्देशन दिइसकेको बताउनुभयो ।
तुलसीपुरदेखि झण्डै २६ किलोमिटरको दूरीमा रहेको अमेलिया नाका क्षेत्रसमेत हो । तुलसीपुर, घोराही तथा लमही सडकखण्डमा पर्ने खोलामा वर्षाको समयमा बाढी आएपछि ती सडक अवरुद्ध हँुदा पनि वैकल्पिक रुपमा तुलसीपुर अमेलिया सडक प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com