ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

स्वास्थ्य चौकीलाई भवन र जग्गा उपलब्ध


bhawani desk
असार १७, २०७५ आईतबार  १० : ४४ बजे

म्याग्दी, १७ असार । बेनी नगरपालिका–१० स्थित पात्लेखेत स्वास्थ्य चौकीलाई स्थानीय एक परिवारले करीब रु दुई करोड बराबरको भवन र जग्गा उपलब्ध गराउनुभएको छ ।

स्थानीय राधाकृष्ण पराजुलीले दिवंगत बुबा रघुनाथ र आमा भद्रकलीको स्मृतिमा आठ कोठे भवन र पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।

पराजुली परिवारले उपलब्ध गराएको भवनबाट यसै महिनादेखि सेवा दिन शुरु गरेको स्वास्थ्य चौकीलाई रघुनाथ भद्रकली स्मृति (पात्लेखेत) स्वास्थ्य चौकी नामाकरण गरिएको व्यवस्थापन समितिका सदस्य शिवबहादुर शाहीले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवालमार्फत व्यवस्थापन समितिका समेत अध्यक्ष रहनुभएका कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनलाई पराजुली र उहाँका छोरा रमेशले हालै लालपूर्जा हस्तान्तरण गर्नुभएको थियो ।

रु एक करोड पाँच लाख खर्च गरेर भवन निर्माण गर्नुभएका पराजुली परिवारले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । भवन निर्माणमा स्थानीयवासीले थप रु ३० लाख लगानी गरेको व्यवस्थापन समितिका सदस्य भरत रकालले बताउनुभयो । भवन र जग्गाको व्यवस्था भएपछि सेवा प्रवाह सहज बनेको छ ।

यसअघि वडा र दीपक मावि परिसरमा रहेको पुरानो जीर्ण भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो ।

स्वास्थ्य चौकीबाट पात्लेखेत, वाखेतका अलावा, घतान, झिँ र पाखापानीका बासिन्दाले समेत सेवा लिँदै आएका छन् । शर्मा कन्ट्रक्सनका सञ्चालक रहनुभएका पराजुलीले म्याग्दी बहुमुखी क्याम्पस, गलेश्वर शिवालय क्षेत्रको विकासमा ठूलो आर्थिक सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा एमालेको पहिलो सफलता: बझाङबाट ऐन महर निर्वाचित

आधिकारिक घोषणाका २७ सिटः रास्वपा २०, कांग्रेस ५, नेकपा १ र एमाले १ स्थानमा विजयी (सूची)

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com