ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य चौकीलाई भवन र जग्गा उपलब्ध


bhawani desk

म्याग्दी, १७ असार । बेनी नगरपालिका–१० स्थित पात्लेखेत स्वास्थ्य चौकीलाई स्थानीय एक परिवारले करीब रु दुई करोड बराबरको भवन र जग्गा उपलब्ध गराउनुभएको छ ।

स्थानीय राधाकृष्ण पराजुलीले दिवंगत बुबा रघुनाथ र आमा भद्रकलीको स्मृतिमा आठ कोठे भवन र पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।

पराजुली परिवारले उपलब्ध गराएको भवनबाट यसै महिनादेखि सेवा दिन शुरु गरेको स्वास्थ्य चौकीलाई रघुनाथ भद्रकली स्मृति (पात्लेखेत) स्वास्थ्य चौकी नामाकरण गरिएको व्यवस्थापन समितिका सदस्य शिवबहादुर शाहीले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवालमार्फत व्यवस्थापन समितिका समेत अध्यक्ष रहनुभएका कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनलाई पराजुली र उहाँका छोरा रमेशले हालै लालपूर्जा हस्तान्तरण गर्नुभएको थियो ।

रु एक करोड पाँच लाख खर्च गरेर भवन निर्माण गर्नुभएका पराजुली परिवारले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । भवन निर्माणमा स्थानीयवासीले थप रु ३० लाख लगानी गरेको व्यवस्थापन समितिका सदस्य भरत रकालले बताउनुभयो । भवन र जग्गाको व्यवस्था भएपछि सेवा प्रवाह सहज बनेको छ ।

यसअघि वडा र दीपक मावि परिसरमा रहेको पुरानो जीर्ण भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो ।

स्वास्थ्य चौकीबाट पात्लेखेत, वाखेतका अलावा, घतान, झिँ र पाखापानीका बासिन्दाले समेत सेवा लिँदै आएका छन् । शर्मा कन्ट्रक्सनका सञ्चालक रहनुभएका पराजुलीले म्याग्दी बहुमुखी क्याम्पस, गलेश्वर शिवालय क्षेत्रको विकासमा ठूलो आर्थिक सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com