ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक वन:आयस्रोत र समुदाय परिवर्तनको आधार


bhawani desk

नुवाकोट, १७ असार । समुदायको हितको लागि सामुदायिक लगानीमा सार्वजनिक स्थानमा स्थापना भएको स–साना वनका रुपमा रहेका सामुदायिक वन नुवाकोटमा अब्बल बन्दै गएका छन् ।

वन विभागले चालू आर्थिक वर्षको ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ मार्फत मुलुकभरका सामुदायिक वनमा नुवाकोटको छापगैरा सामुदायिक वन ककनीलाई प्रदान गरेसँगै समुदायमार्फत सञ्चालनमा रहेका यहाँका सामुदायिक वनको व्यवस्थापन समेत उत्कृष्ट ठहरिएका छन् ।

सामुदायिक वनमार्फत समुदायको आर्थिक रुपान्तरणमा परिवर्तन ल्याउन सफलपछि आगामी दिनमा प्राप्त गरेको सम्मान जोगाउन पनि लगनशील हुन सिकाएको छापगैरी सामुदायिक वनको कोषाध्यक्ष लजिता तामाङले बताउनुभयो ।

विसं २०५३ मा सामुदायिक वनका रुपमा मान्यता पाएको उक्त वनमा विसं २०६६ देखि कार्यसमितिको नेतृत्व महिलाले नै गर्दै आएका छन् । वन सदस्य (उपभोक्ता)को खेत र बारी अन्नबालीले भरिएका छन् । सामुदायिक वनमा भने जडीबुटी र रुखले ढकमक्क छन् ।

परम्परादेखि नै बाली लगाएर दैनिकी गुजार्दै आएका यहाँका उपभोक्ता आफ्नो जग्गामा भन्दा पनि सामुदायिक वनमा धेरै समय बिताउने गरेको समितिका कोषाध्यक्ष तामाङले बताउनुभयो ।

“वनमा चिराइतो, टिमुर, बोझो कुरिलो, सेतोमुस्लीलगायतका जडीबुटीको नर्सरी र वृक्षारोपण गर्न भ्याइनभ्याइ छ । उहाँले भन्नुभयो “अम्रिसोबाट कुचो बनाउन र जंगलमा फलेका लप्सीबाट अचारको परिकार बनाउन नभ्याएर बिग्रन नै पुग्यो ।”

छापगैरी सामुदायिक वनले आफ्नो जंगल क्षेत्रमा लगाएको जडीबुटीका बिरुवा बिक्री गर्ने, उत्पादन हुन थालेका फल बिक्री गरी आम्दानी मनग्य निकाल्दै सदस्यको जीविकोपार्जनमा सहयोग पु¥याउँदै आएको छ ।

सामुदायिक वनभित्र फुलेका अम्रिसोको कुचो बनाउन, अलैँची केलाउन सदस्यलाई रोजगार दिएको छ । सामुदायिक वनले वन सदस्यको जीविकोपार्जनमा हरियो वन कार्यक्रममार्फत प्राप्त गरेको रु पाँच लाख ७० हजार बिना ब्याज ऋण लगानी गर्दै आएको छ । सदस्यको क्षमता अभिवृद्धि, वन क्षेत्रभित्र पर्ने पासाङल्हामु सडकमा पहिरो रोकथाम, बालबालिकालाई विद्यालय पठाउन सचेतना जगाउँदै आएकाले वनलाई एक शक्तिशाली संस्थाका रुपमा उभ्याउन सफल भएको अध्यक्ष ठूलीकान्छी तामाङले बताउनुभयो ।

वन विभागले उत्कृष्ट बनाएको छापगैरीजस्तै यहाँ सामुदायिक वनको संख्या पर्याप्त रहेको जिल्ला वन अधिकृत पदमराज नेपालले बताउनुभयो ।

सामुदायिक वनमार्फत सहुलियत पसल, कुटानीपिसानी मिल, फर्निचन मिल चलाएर समुदायका सदस्यको दैनिक जीवनमा परिवर्तन ल्याउन भूमिका खेल्दै आएको माझीगाँउ सामुदायिक वन विदुर नगरपालिका–८ ले पनि महत्वपूर्ण स्थान लिएको छ । सामुदायिक वनले सञ्चालन गर्ने गतिविधि समुदायका सबैको हितमा हुने र त्यसलाई प्रतिस्पर्धा गर्ने गरी अन्यले सोही व्यवसाय नगर्ने सहमतिअनुसार समुदायिक वनले चलाएका कार्यक्रम एकद्वार प्रणालीमार्फत सञ्चालित छन् ।

वन सदस्यको आम्दानकिो स्रोत जुटाउन वन समितिले भवन बनाएर भाडामा लगाएको छ भने क्याटरिङका सामग्री उपलब्ध गराएर सेवा र आर्थिक लाभ दुवै पु¥याएको वनका पूर्व अध्यक्ष बाबुकाजी श्रेष्ठले बताउनुभयो ।

“वनलाई जोगाउन वन समितिको क्रियाकलापलाई सदस्य सबैले स्वीकार गरेका छन् । वन समितिका सल्लाहकारसमेत रहेका श्रेष्ठको भन्नुभयो “वनमा हुर्किएका करोडौं रुपैयाँको काठ वन विनास नहुने गरी प्रयोगमा ल्याएर सदस्यलाई ‘लखपति’ बनाउने योजना छौं ।

किस्पाङ गाउँपालिका–२ काउलेको गपगप ओढार सामुदायिक वनक्षेत्रमा हुर्किएका रुख र लगाइएका जडीबुटी निजी जग्गामा भन्दा बढी आकर्षक छन् । २८ घरधुरी सदस्य रहेको सामुदायिक वनमा रुखभन्दा पनि खेती गर्ने वन क्षेत्रले परिचित छ ।

कबुलियत वनको जस्तै भए पनि सामुदायिक वनका रुपमा सञ्चालनमा रहेको गपगप ओढार वन क्षेत्रमा अलैँची र अम्रिसोले ढकमक्क छन् । सदस्यलाई रोजगार दिन र प्राप्त नाफाले समुदायको हितमा काम गर्न थालेपछि सामुदायिक वन बनाउन हुन्न भनेर विरोध गर्ने अहिले सदस्य भएर सघाइरहेको अध्यक्ष मंगलीमायाँ तामाङले बताउनुभयो ।

सामुदायमा विद्यमान समस्याको आवश्यकता पूरा गर्दै भावी पुस्तालाई समेत वनको महत्व बुझाउन पाखरी सामुदायिक वन उपभोक्ता समूह दाङसिंहले बस्तीमाथिबाट बग्ने गरेको पहिरो व्यवस्थापनदेखि आयआर्जन गर्न उल्लेख्य सहयोग पु¥याएको छ ।
वन कार्यालयको तथ्यांकअनुसार सामुदायिक वनको हिस्सा यहाँ बढोत्तरी हुँदै गएको छ भने वन दर्ताको संख्या पनि वृद्धि भइरहेको छ ।

वन स्रोतमार्फत हरित रोजगारी सिर्जना गरी आयस्तरमा वृद्धि गर्न योगदान पु¥याउनुका साथै जीविकोपार्जनमा सुधार ल्याएर विकास र वातावरणबीच सन्तुलनसमेत कायम राख्न उल्लेख्य योगदान पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com