ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीयवासीद्वारा प्रहरी भवन निर्माण


bhawani desk

काठमाडौं,१६ असार । स्थानीयवासीको रु २२ लाखको सहयोगमा कोटेश्वरस्थित महानगरीय प्रहरी प्रभाग नरेफाँटको पाँचकोठे भवन निर्माण भएको छ ।

आज यहाँ आयोजित भवन उद्घाटन तथा हस्तान्तरण समारोहमा गृहसचिव प्रेमकुमार राईले प्रहरी भवन निर्माणको दायित्व सरकारको भए पनि स्थानीयवासीले लगानी गरेर राम्रो काम गरेको बताउँदै “जनता र प्रहरीबीचको सम्बन्धलाई यो कामले ठूलो सहयोग पुगेको छ,” भन्नुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय क्षेत्रको शान्ति सुरक्षाका लागि स्थानीय जनताको लागतमा प्रहरी भवन निर्माण हुनु राम्रो कामको थालनी भएको उल्लेख गर्दै “तपाईं हाम्रो सुरक्षाका लागि प्रहरी भवन निर्माण गरिएको हो, प्रहरीलाई सबैले सहयोग गरौँ,” बताउनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी भवन निर्माण गरेर जनताले सराहनीय काम गरेको बताउँदै “तपाईंहरुले आफ्नो क्षेत्रको शान्ति सुरक्षाका लागि भवन निर्माण गरेर राम्रो काम गर्नुभएको छ, यो भवनमा चाहिने आवश्यक सामग्री प्रहरी प्रधान कार्यालयले पनि सहयोग गर्नेछ,” भन्नुभयो ।

उक्त भवनको साँचो भवन निर्माण समितिका अध्यक्ष सार्कीमान लामाले प्रहरी महानिरीक्षक खनाललाई प्रदान गर्नुभएको थियो ।

सो अवसरमा भवन निर्माणका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैलाई सम्मान पनि गरिएको थियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com