ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवागढी जलविद्युत् आयोजना : सुरुङ निर्माण तीव्र


एबीसी न्यूज

रसुवा, १६ असार । उत्तरी रसुवाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।

रसुवागढी आयोजनाका प्रमुख छविलाल गैरेका अनुसार सुरुङको कुल लम्बाइ चार हजार २०३ मिटरमध्ये तीन हजार ९५३ मिटर निर्माण भइसकेको छ । एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको संरचनानुसार तीन युनिटमध्ये पहिलो युनिटबाट सन् २०१९ भित्र र अन्य युनिटबाट सन् २०२० भित्र उत्पादन गरिसक्ने लक्ष्य लिइएको बताइएको छ ।

रु १३ अर्ब ६४ करोड ४० लाखको लागतमा सन् २०१४ देखि निर्माण शुरु भएको आयोजनामा भूकम्पले बाहिरी सतहमा लामो समयसम्म बाधा पु¥याएको र तत्कालीन अवस्थामा पेट्रोलियम पदार्थको अभाव एवं स्याफ्रु–रसुवागढी राजमार्गमा आएको पहिराका कारण सामान तथा उपकरण समयमा ढुवानी गर्न असहज भएका कारण निर्माणको समयावधि लम्बिन गएको आयोजनाले जनाएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक रुपमा ६१ करोड ४० लाख युनिट विद्युत् निरन्तर उत्पादन हुनेछ ।

भोटेकोशी र लेहेन्दे खोलाको पानी सदुपयोग गर्दै आयोजना निर्माण हुन लागेको र अहिलेसम्मको समग्र प्रगति ६२ प्रतिशत पूरा भइसकेको आयोजना प्रमुख छविलाल गैरेले बताउनुभयो । ठेकदार कम्पनी सिडब्लुई चाइनाअन्तर्गत २६० चिनियाँसहित ७६० कामदार संलग्न रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com