ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्खेत–हुम्ला सीधा हवाई यातायात शुरु


एबीसी न्यूज

सुर्खेत, १६ असार । कर्णाली प्रदेशका सबै जिल्लामा सीधा हवाई यातायात जोड्ने प्रदेश सरकारको नीतिसँगै आजदेखि सुर्खेत–हुम्ला सीधा हवाई यातायात शुरु भएको छ ।

सीता एयरलायन्सको कलसाइन ९एनएजेएचको डोनियर विमानमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैँ चढेर सुर्खेत–हुम्ला यातायातको उद्घाटन गर्नुभयो । मुख्यमन्त्री शाही र पर्यटनमन्त्री नन्दसिंह बुढासहित ११ यात्रु शुक्रवार बिहान १० बजे सीधा उडानमा हुम्ला पुग्नुभएको थियो ।

हुम्ला पुगेर सुर्खेत फर्कनुभएका मुख्यमन्त्री शाहीले राजधानी सुर्खेतबाट कर्णाली प्रदेशका सबै जिल्ला जोड्ने पहल प्रदेश सरकारले गरिरहेको बताउनुभयो । “सुर्खेत–डोल्पा फ्लाइट पनि आजै गर्ने भनेका थियौँ, मौसम खराबीका कारण हुन सकेन,” मुख्यमन्त्री शाहीले भन्नुभयो । कर्णालीवासीको सहजताका लागि राजधानीबाट सीधा हवाई यातायात सेवा दिने योजना कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ थियो ।

विमानस्थल सुर्खेतका प्रमुख विनोद पन्तले यात्रुको निरन्तरता भए जहाजका समस्या नहुने बताउँदै निर्धारित भाडादर जहाजअनुसार फरक रहे पनि सरकारले निर्धारण गरेको विभिन्न जिल्लाका भाडादर करीब रु पाँचदेखि छ हजार रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com