ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धको घोषणपत्र


एबीसी न्यूज
असार १५, २०७५ शुक्रबार  ८ : १३ बजे

आफ्नै आँखासामु
सपनाको घर जलिरहेको बेला
आदर्शको जमिन धुजाधुजा फाटेर
स्वाभिमानको धरहरा ढलिरहेको बेला
समयको जग हल्लाउँदै
देशलाई पात बनाएर उडाउने आँधी चलिरहेका बेला
आफ्नै आँगनमा आफ्नो अस्मिता जोगाउन
आमा खुनी पञ्जाहरूसँग लडिरहेका बेला
तिमी पुर्पुरोमा हात राखेर
नयाँ कविता लेख्न खोजिरहेछौ

क्रान्तिको लागि मृत्युको सपथ खाएको युवा
सत्ताको वेश्यालयसँग सपना साटिएपछि
खाडीमा नाडी बजारी रहेको पाएर
जब धिक्कार्यौ उसलाई आफ्नै लाचारीले
नाथे एक थान जिन्दगीलाई
सिलिङ फ्यानमा झुण्ड्याइरहेको बेला
तिमी गीतको अन्तरा कल्पना गरिरहेछौ

मैले मेरो विश्वास जिम्मा लगाएको नेता
मलाई सिकाउन खोज्दै छन
बलिदानी र बेइमानी भनेको उस्तैउस्तै हो
मलाई पढाउन खोज्दै छ
उद्देश्यको सौदाबाजीमा उपयोगको गणित
र अरुको आँसु बेचेर
आफ्नो हाँसोको हिराको हार किन्ने कला
हो, ठीक यतिबेला मस्तिष्कघातको सिकार बनाइएका छन्
विचारको बाटो हिँड्ने सम्झौताहीन चेतनाहरूलाई
तर, तिमी नयाँ उपन्यासको प्लट सोचिरहेछौ

तिनीहरू भन्दै छन्
यो बजार होसबजार
यहाँ जे पनि बिक्छ
फूल बिक्छ
पहाड बिक्छ
नदी बिक्छ
आँसु बिक्छ
हाँसो बिक्छ
सपना बिक्छ
विवेक बिक्छ
बिक्छन् आमाको लहरे खोकी
र बिक्छ सिङ्गो देश पनि
के बिक्दैन यहाँ रु

आदर्श र इमानको कुरै नगर
स्वयं मान्छे बिक्छ यहाँ
तर कानमा कोचेर संवेदनहीनताको कपास
तिमी कोरिरहेछौ आफ्नै अहंकारको आत्मकथा
र म लेखिरहेछु
मान्छेलाई फगत मासुको थुप्रो बनाएर
किनबेचको कारखानाका व्यापारीहरूविरुद्ध
एउटा निर्णायक युद्धको घोषणापत्र !

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com