ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भीमदतनगरका छाडा चौपायालाई ट्याग लगाइँदै


bhawani desk
असार १५, २०७५ शुक्रबार  ५ : ४८ बजे

कञ्चनपुर, १५ असार । भीमदत्त नगरपालिकाले छाडा पशु चौपायाको पुनःस्थापनका लागि घरपालुवा चौपायमा ट्याग लगाउने कार्यलाई तीव्रता दिएको छ । छाडा चौपायालाई गौशालामा पुनःस्थापन गर्न ट्याग लगाउन थालिएको हो ।

उक्त नगरपालिकाले पहिलो चरणमा वडा नं १, ३, ४, ५, ६, ७,८, ९, १० र ११ गरी १० वटा वडाका घरपालुवा चौपायामा ट्याग लगाइसकेको छ । आजदेखि वडा नं १२ देखि १९ सम्मका घरपालुवा चौपायामा ट्याग लगाउने तयारी गरिएको कार्यबाहक नगरप्रमुख सुशीला चन्द सिंहले बताएका छन ।

केही दिनभित्र गौशालामा लगेर छाडा पशु चौपाया स्थापना गरिन्छ” उनले भने,घरपालुवामा ट्याग लगाउन सकिएपछि सडकमा छाडिएका पशुलाई गौशालामा स्थापन गर्छाै ।

निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले छाडापशु पुनःस्थापनाका लागि पहिलो नगर सभाबाट रु ५० लाख बजेट विनियोजन गरे । सो रकमबाट गौशलासहितका पूर्वाधार निर्माण गरिएका छन् ।

भीमदत्त नगरपालिकाका सवइन्जिनियर सन्तोस भण्डारीले एक सय वर्ग मिटरका चार÷चार वटा गौशाला निर्माण गरिएको बताएका छन । बागफाँटमा १७ बिगाहामा छाडा पशु चौपाया पुनःस्थापन गर्न नौ बिगाहा जमिनमा घेरबार गरिएको छ ।

सो स्थानमा सय वर्ग मिटरका चार वटा गौशाला निर्माण गरिएको छ । यसैगरी पशु चौपायालाई पानी खुवाउन बोरिङको व्यगस्थाका साथै चौकीदार बस्ने घर निर्माण गरिएको छ । ती चौपायाका लागि खाली जमिनमा घाँस उत्पादन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

आफ्नै अभिव्यक्तिले घेरिए रास्वपा सांसद, बालेनको बचाउ गर्दा पुराना भाषण भाइरल

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

सुदन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति

विपक्षी दलको बहिष्कारका बिच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com